ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बम विस्फोट अपडेट : आठ घाइते एकको अवस्था गम्भिर (नामसहित)


एबीसी / संवाददाता
१ चैत्र २०७७, आइतबार   ३ : २५   बजे

काठमाडौं, १ चैत्र । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटको घटनामा ८ जना घाइते भएको खुलेको छ। कार्यालयमा आइतबार दिउँसो पौने एक बजे बम बिस्फोट हुँदा सेवाग्राही अन्दाजी ३० वर्षीय दिनेशकुमार भण्डारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ।

उहाँको शरीरको विभिन्न भागमा चोट लागेको छ, एसपी भण्डारीले भन्नुभयो, हाम्रो डीएसपी साब नेतृत्वको टोलीले दिनेशसहित बिस्फोटमा परी घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाएको हो। उहाँका अनुसार दिनेशको सप्तरीस्थित एक अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै गम्भीर रहेका उहाको थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी गरिरहेको छ। बिस्फोटमा परी घाइते भएका अन्य सात जनाको लहानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लक्ष्मी राणा, लालबाबु बिक, बेचनी मगर, फुलकुमार ठाकुर, बद्री नारायण यादव, भोलाबहादुर मगर छन्। प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ। गोइतले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका छन्। पछिल्लो समय उनको समूहका गतिविधि शुन्यप्राय भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu