काठमाडौं, २ चैत्र । दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ ।घरेलु मैदान अहमदाबादमा गएराति भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।
इङ्ग्ल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १३ बल बाँकी छँदै भेट्टायो । भारतका लागि इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले ।डेब्यु खेलाडी किशानले ५६ रन बनाए भने कोहलीले ७३ रनको योगदान गरे । यस्तै, ऋषभ पन्तले २६ रन जोडे । इङ्ग्ल्याण्डका लागि साम करण, क्रिस जोर्डन र आदिल राशीदले एकरएक विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १(१ को बराबरी गरेको छ । पहिलो खेलमा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्