काठमाडौं, २ चैत्र । पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दा एमालेका दुवै पक्ष वार्तामा बस्न लागेका छन् ।प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल पक्षलाई वार्ताको लागि बोलाउनुभएको हो । अहिले केहीबेरमा दुवै पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल हुने स्रोतले जनाएको छ ।छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र प्रवक्ता प्रदीपकुमार ज्ञवाली सहभागी हुनुहुनेछ । यस्तै नेपाल पक्षको तर्फबाट नेपालसहित झलनाथ खनाल सहभागी हुने बुझिएको छ । सर्वोच्च अदालतले एमाले ब्युँताएपछि दुई पक्षबीच पहिलोपटक छलफल हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्