काठमाडौं, २ चैत्र । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी चैत ४ र ५ का लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।
सदस्यका अनुसार खनाल–नेपाल समूह यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले निम्ता गरेको चियापान कार्यक्रम र केन्द्रीय कमिटी बैठकमा पनि नजाने निर्णय गरेको छ। सोमबार दिउँसो अध्यक्ष ओलीसँगको भेटपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य र सांसदलाई ब्रिफिङ गर्ने क्रममा ओली विवाद मिलाउने मुडमा नदेखिएको निश्कर्ष निकाल्दै आफ्ना पूर्व निर्धारित कार्यक्रमहरू गर्ने निर्णय गरेका हुन्। ‘ओली समस्या समाधानमा केन्द्रित हुनेभन्दा पनि प्रतिक्रियात्मक बढ्ता देखिएका कारण यथास्थितिमा ओलीले निम्ता गर्ने कुनै पनि बैठकमा सहभागी नहुने निर्णय गरेका छौं’, ‘सुरूमा मिठा कुरा गरेर पछि खस्रा कुरा गरेपछि हामी पनि पछि नहट्ने भएका हौ।’ प्रधानमन्त्री ओली संगको बैठकबाट निस्कदै गर्दा नेता नेपालले बताउनु भएको थियो ।
उहाँले आज केपी ओलीले बोलाएको भेला मूलत हाम्रो कार्यकर्ता भेला रोक्नकै लागि बोलाएको देखिएको भन्दै ओलीले २८ फागुनको निर्णय सच्याउनुपर्ने र कमजोरीप्रति आत्मालोचित हुनुपर्ने निर्णयमा अडिग रहेको बताउनुयभो । नेकपा अध्यक्ष ओलीसँगको छलफलमा वरिष्ठ नेता नेपालले २८ फागुनको निर्णय फिर्ता लिन माग गरेका थिए । तर, अध्यक्ष ओलीले भने २८ फागुनको निर्णय फिर्ता हुन नसक्ने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्