ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चियापानमा सहभागी हुन ओली पक्षका नेताहरू बालुवाटार जान सुरू, खनाल–नेपाल र गौतम नजाने


एबीसी / संवाददाता
३ चैत्र २०७७, मंगलबार   ११ : ४३   बजे

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापानमा उहाँ पक्षीय पार्टीका केन्द्रीय सदस्य तथा सांसद बालुवाटार जाने क्रम सुरू भएको छ। सर्वोच्च अदालतले पार्टी ब्यूँताएपछि आगामी ७ गते बस्ने केन्द्रीय कमिटीको बैठकअघि अध्यक्ष ओलीले सदस्यलाई चियापानका लागि बोलाउनु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा चियापानको सबै तयारी पुरा भइसकेको छ। यसैबीच झलनाथ खनाल र माधव नेपाल समूहले भने चियापान बहिस्कार गर्ने भएका छन्।

यस्तै वामदेव गौतम समूहले पनि ओलीको चियापानमा नजाने भएको छ। एकता अभियान चलाइरहेका गौतमले बल्खुस्थित एक पार्टी प्यालेसमा आजै यही समयमा भेला राख्नु भएको छ । खनाल–नेपाल समूहले चियापान वहिष्कार गर्दे राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् । चैत ४ र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने केन्द्रीय प्रचार विभागले जनाएको छ।

एमाले नेता योगेश भट्टराईका अनुसार आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम छ । कार्यकर्ता भेला रोक्न प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी ओलीले आग्रह गर्नुभएको थियो । नेता नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu