ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वदलीय बैठकमा नेताहरूबीच घोचपेच : चुनावमै जानुपर्नेमा ओलीको जोड


एबीसी / संवाददाता
३ चैत्र २०७७, मंगलबार   ८ : ५२   बजे

काठमाडौं, ३ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाउनुभएको सर्वदलीय बैठकमा नेताहरूबीच घोचपेच भएको छ । राष्ट्रपति भण्डारीले आफ्नो बङ्गलादेश भ्रमणको पूर्वसन्ध्यामा दलका नेताहरूलाई बोलाएर छलफल गर्ने र चियापानको कार्यक्रम राख्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटनको निर्णय ठिक रहेको जिकिर गरेको र अहिले संसद् बैठक चल्न नसक्नुले आफ्नो कदम ठिक साबित भएको बताएको राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो चुनावमा जानुपर्ने कुरालाई पटक–पटक जोड दिनुभएको थियो । तर नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलका नेताहरूले राष्ट्रपति भण्डारीकै सामुन्ने प्रधानमन्त्रीले प्रतिगमनको बाटो रोजेको र अदालतले त्यसलाई असफल बनाइदिएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीले संविधान र लोकतन्त्र नमानेको दलका नेताहरूले आरोप लगाएका थिए । बैठकमा राष्ट्रपतिले आफू संविधान र लोकतन्त्रको संरक्षक भएकाले सरकारले गरेका सिफारिस पारित गर्नु आफ्नो कर्तव्य हुन आउने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी प्रभावितका लागि जापानको राहत सामग्री हस्तान्तरण

प्रतिनिधिसभाको बैठक आज, तीन महत्वपूर्ण प्रस्ताव र सम्झौता पेस हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu