काठमाडौं, ४ चैत्र । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ईश्वर पोखरेलले नेता तथा कार्यकर्तालाई गुटगत भेला नगर्न निर्देशन दिनुभएको छ । मङ्गलबार बेलुका विज्ञप्ति नै निकालेर पोखरेलले यस्तो निर्देशन दिनुभएको हो ।नेकपा एमालेको नाममा चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।नेकपा एमालेको तर्फबाट त्यस्तो कुनै पनि भेला आयोजना गरिएको छैनु, विज्ञप्तिमा उल्लेख छ । अन्यथा संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था बमोजिम हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्