ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रधानमन्त्रीज्यू, कारबाही गर्दै जाने हो भने त तपाईँ पनि बाँकी रहनु हुन्न नि – नेता तुलाधर


एबीसी / संवाददाता
४ चैत्र २०७७, बुधबार   ३ : १७   बजे

काठमाडौं, ४ चैत्र ।  नेपाल कम्युनिस्ट पार्टी एमालेको नेपाल समूहले काठमाण्डौमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाको कार्यभार बनाउने भएको छ । ललितपुरको एक होटलमा भइरहेको बृहत् राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको जनाइएको छ । बुधवार सुरु भेलामा पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने छ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरी बिहीवारको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

बैठकले प्राप्त सुझावका आधारमा आउँदो तीन महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने नेता गङ्गालाल तुलाधरले जानकारी दिनुभयो । मूलभूत रूपमा वर्तमान परिवेशमा पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तरसङ्घर्षहरूलाई रणनैतिक रूपमा कार्यभारमा समावेश गरिने पनि उहाँले बताउनुभयो । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई फेरि सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको क्रियाकलापले पार्टी एकता भाँडिने सङ्केत देखिएकाले आफूहरू कार्यकर्ता भेला गरी उनीहरूको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘एकपक्षीय ढङ्गले स्वेच्छाचारी, दम्भ र घमण्डी स्वभावलाई देखाउँदै पार्टी अध्यक्ष केपी ओलीले जुन प्रकारका हर्कतहरू देखाउन थाल्नुभयो, त्यसले पार्टी एकता भाँडिने सङ्केत देख्यौँ । पछिल्लो शृङ्खला भनेको २८ गते केन्द्रीय पदाधिकारीको जिम्मेवारी खोस्ने, एकपक्षीय रूपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कैयौँलाई पार्टी जिम्मेवारीबाट हटाउने र कारबाही गर्ने भन्ने स्थिति आएपछि हामी पार्टी जोगाउने हो भने स्वेच्छाचारी कदमको विरोधमा उत्रनु पर्दछ भन्ने निष्कर्षमा पुग्यौँ । यो पार्टीलाई एकताबद्ध गरेर लैजाने हो भने हैकमवादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ । त्यस्तो खालको कुरा महसुस भइसकेपछि हामी यो ठाउँमा आइपुगेका हौँ ।’

उहाँले एकताका साथ अघि बढ्नका लागि भेलाले ऊर्जा दिने विश्वास आफूहरूले लिएको बताउनुभयो । उहाँले भेलामा भएको कार्यकर्ताको उपस्थितिले पार्टी अध्यक्ष ओलीको काम कारबाहीहरू कुनै पनि हालतमा सर्वस्वीकार्य छैन र विरोधयोग्य छ भन्ने सन्देश पनि देशव्यापी रूपमा प्रवाहित गरेको दाबी गर्नुभयो । पार्टी अध्यक्षले गुटगत भेलामा सहभागी भए कारबाही गर्ने बताइरहेका बेला पार्टी एकताका लागि जुनसुकै परिणाम भोग्ने मानसिकतामा नेता तथा कार्यकर्ता भेलामा सहभागी भएको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँले कति कारबाही गरेर जानुहुन्छ, त्यो पनि हामी हेर्नेवाला छौँ । हामी उहाँलाई भन्न चाहन्छौँ– तपाईँ कारबाही गरेर देखाउनुहोस् । आजदेखि हामी कारबाहीका लागि लामबद्ध हुँदैछौँ, २५ सय कार्यकर्ताहरू यहाँ लामबद्ध भएर । केपी ओली कमरेडलाई हामी भन्न चाहन्छौँ– तपाईँ कारबाही गरेर देखाउनुहोस् । कारबाही गर्दै जाने हो भने त उहाँ पनि बाँकी रहनु हुन्न नि त । उहाँ भोलि गएर ऐया पनि भन्न नसक्ने अवस्थामा पुग्नु हुन्छ ।’

उहाँले बृहत्तर वामपन्थी एकताबाट च्युत हुनु हुँदैन भन्ने मानसिकताले आफूहरू अगाडि बढ्दै गरेको अवस्थामा अध्यक्ष ओलीबाट एमाले पनि एकताबद्ध भएर अघि बढ्न नसक्ने परिस्थिति सिर्जना हुनु दुःखद भएको प्रतिक्रिया दिनुभयो । विभाजित हुन नपरोस् भन्ने मनोविज्ञान कार्यकर्तामा देखिएको भए पनि नेतृत्वले विभेदपूर्ण व्यवहार गरेकाले समस्या भएको भन्दै नेता तुलाधरले कुनै पनि कार्यकर्ता नेतृत्ववाट अपमानित भएर बस्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group