ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीलाई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेलाको आयोजना – नेता नेपाल


एबीसी / संवाददाता
४ चैत्र २०७७, बुधबार   ३ : ५५   बजे

काठमाडौं, ४ चैत्र । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेलाको आयोजना गरिएको बताउनुभएको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) को माधव नेपाल समुहले ललितपुरको सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंस गर्नका लागि नभई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेला गरिएको बताउनुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनको रक्षा गरि नयाँ उचाइमा पु¥याउनको लागि रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेलाको गरिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो –‘हामीले जुन बाटो समातेका छौँ । जुन हिसाबले अगाडी बढ्न खोजिरहेका छौँ । त्यो ध्वंस गर्नका लागि होइन । निर्माण गर्नका लागि हो । पार्टीलाई एकताबद्ध बनाउनका लागि हो । कम्युनिष्ट आन्दोलनको रक्षा गर्नका लागि हो । कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनका लागि हो । त्यस हुनाले यो कार्यकर्ता भेला सकारात्मक, रचनात्मक उदेश्यका साथ आयोजना गरिएको हो ।’

नेता नेपालले नेकपा(एमाले) भित्रको विवादको जड अध्यक्ष केपि शर्मा ओली भएको दाबी गर्नुभयो । केपी ओलिको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उहाँको भनाई थियो । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकिकरण गर्ने बेला जनताको बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भएपनि जबजको हिमायतीको रुपमा प्रस्तुत गरिरहेको उहाँले बताउनुभयो । ओलीले मदन भण्डारीको बिरासत बोकेको भनि नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सबै समस्याको जरो भनेको केपी ओलीमा भएको अहंकार, व्यक्तिवाद, गुटगत मनोबृत्ति, भजन मण्डलीको चाहाना, उहाँमा रहेको मुल पक्ष इमान्दार कार्यकता उहाँलाई चाहिएको छैन । उहाँलाई आलोचना मन पर्दैन । उहाँलाई सुझाव मन पर्दैन । त्यस हुनाले यि सबै चिजले समस्या खडा ग¥यो । हामीले भनेको कुरा के हो भने, पार्टी एकतालाई तपाईले स्वार्थसिद्धीको साधन बनाउनुभयो , त्यो काम नगर्नुस् । पार्टी र कार्यदिशाको उल्लंघन गर्ने काम गर्नुभयो, त्यो पनि काम नगर्नुस् । जबजले तपाइले थातिमा राख्नुभयो । जबज सिध्याउने काम तपाइले गर्नुभयो । तपाइले समाजवाद उन्मुख जनताको जनवाद मान्नुभयो तर जनताको बहुदलीय जनवादको बारेमा कहीँ अडान लिनुभएन । खुसुक्क हटाउनुभयो । अनि हामीलाई तपाईले त्यो थोपर्ने काम गर्नुभो । आज तपाई जनताको बहुदलीय जनवादको बडो हिमायती भएर आफुलाई प्रस्तुत गर्नुहुन्छ । तपाई आज आएर मदन भण्डारीको बिरासत हामीले थामेका छौँ भनेर नक्कली कुरा गर्न खोज्नुभाछ । यस्ता भ्रममा तपाइहरु कोही नपर्नु होला ।’

नेता नेपालले प्रधानमन्त्री ओलीले विदेशीहरुको सेवा मात्रै गरेको आरोप पनि लगाउनुभयो । ओलीले पार्टीको लोकप्रियतालाई आफ्नो मात्रै लोकप्रियता ठान्ने गरेको पनि उहाँको भनाई छ । ओलीमा नेकपा(एमाले)को नेतृत्वमा आएपछि र माओवादीसँग एकिरण भएपछि पनि शुरु देखिनै गुटगत प्रवृति मात्रै भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘विधि, पद्धतीको सधैँ उल्लंघन गर्नुभयो । संगठनात्मक सिद्धान्तको सधै उल्लंघन गर्नुभयो । पार्टीको निर्णय र सहमतीको पालना गर्नुभएन । त्यसको उल्लंघन गर्नुभयो । सहमतीको सधैँ रटान लगाउने तर स्वेच्छाचारी व्यवहार गर्दै आउनुभयो । अनि जबजको नारा लगाउँदै निरंकुश प्रवृत्ति देखाउनुभयो । र जबजको कुरा गर्ने, राष्ट्रिय पुँजिको विकासको गफ चाही गर्ने, तर दलाल पुजिँवादको सेवा गर्नुभयो । विदेशी तत्वको सेवा मात्रै गर्नुभयो । पार्टीको लोकप्रियता कामलाई आफ्नो एकल लोकप्रियता र बहादुरीको रुपमा बुझ्नुभयो । आफ्नो गल्तीको दोष अरुलाई थोपर्ने सधैँभरी प्रयास गर्नुभयो ।

सधैभरी पूर्वाग्रही एवम् पक्षपातपूर्ण व्यवहार गर्नुभयो । र असहमतप्रति निषेधात्मक व्यवहार गर्नुभयो । तपाई एकताको कहिल्यैपनि पक्षपाती हुनुभएन । झुठ र अपव्याख्याको खेती गर्नुभयो सधैँभरी । एकअर्कालाई नेताहरुलाई लडाउने भिडाउने काममा एकअर्कामा भ्रम पैदा गराउने काममा यही काममा जुटिरहनुभयो । सरकारी ओहोदा र स्रोत साधनको चरम दुरुपयोग गर्नुभयो । प्रधानमन्त्रीको कुर्सी बचाउनको लागि संविधानलाई नै उहाँले अपव्याख्या गर्नुभयो र त्यसलाई समाप्त पार्ने कोसिस गर्नुभयो । पार्टी निर्णय र सहमती भएकाहरुको पनि विपरित काम गर्न थाल्नुभयो । यस अर्थमा उहाँमा शुरु देखि गुट सञ्चालन गर्ने गुटगत प्रवृत्ति भयो । उहाँमा समाजवादको गन्तव्यमा जाने कुनै चिन्तन देखिदैन ।’

नेता नेपालले आफुहरुको लडाइँ पदको निम्ति नभएर नीति र सिद्धान्तको लडाइँ भएको जिकिर गर्नुभयो । आफुहरुको लडाइँ कस्तो पार्टी बनाउने भन्ने विषयमा रहेको भन्दै इमान्दारिताको अग्निपरिक्षा उर्तिण गर्न तयार रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो लडाइँ पदको लडाइ होइन । यो सिद्धान्तको लडाइ हो । यो नीतिको लडाइँ हो । यो विधिको लडाइँ हो । यो पार्टी निर्माणसँग जोडिएको लडाइँ हो । कस्तो पार्टी निर्माण गर्ने विषयसँग जोडिएको लडाइँ हो । त्यस हुनाले विचारसँग जोडिएको छ । उद्धेश्यसँग जोडिएको छ । लक्ष्यसँग जोडिएको छ । यो इमान्दारीसँग पनि जोडिएको छ । यो आन्दोलनको निष्ठासँग पनि जोडिएको छ । यि सबैसँग जोडिएको हुनाले यसको अग्नि परिक्षा हुनेछ । त्यो अग्निपरिक्षामा उर्तिण हुन हामी तयार छौँ । अरुलाई पनि चुनौति दिन्छौँ यदी कम्युनिष्ट आन्दोलन अगाडी बढाउन चाहानुहुन्छ भने बताउनोस् कम्युनिष्ट आन्दोलन कसरी अगाडी बढ्छ ?’

प्रधानमन्त्री ओलीले आधा आधा समय सरकार चलाउन माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमती गरेर सहमतीको उल्लंघन गरेको नेता नेपालको भनाई छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा(एमाले)लाई पूर्ववत् संगठनात्मक संरचना र वैचारिक, राजनीतिक मान्यता अनुरुप चलाउनुपर्नेमा नेता नेपालको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group