ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागुऔषधको लतमा आफ्नै श्रीमतीको हत्या


एबीसी / संवाददाता
४ चैत्र २०७७, बुधबार   ६ : ३३   बजे

काठमाडौं, ४ चैत्र ।  लागुऔषधको लतमा फसेका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका सन्तोष सापकोटाले श्रीमती सन्तोषी श्रेष्ठलाई हथौडाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँको दाबी छ ।

घटनामा सवुध प्रमाणसहित सापकोटालाई पक्राउ गरी आज परिसरमा सार्वजनिक गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भन्नुभयो, “हत्यापछि शवलाई तन्नामा पोको पारी बोरामा हालेर फ्याक्ने प्रयास गरेको पाइयो ।” अभियुक्त श्रीमतीले लगाएका गरगहना तथा नगद पैसा भने लिएर भागेका थिए ।

घटना सोमबारको हो । मृतक श्रेष्ठको टाउकाको बायाँपट्टी गहिरो चोट, घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ । सापकोटा यसअघि लागुऔषध मुद्दामा कारागार चलान भई कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन् । छुटेपछि पनि उनले लागुऔषध भने छाडेका थिएनन् ।

घटनापछि उनी नगद रु २३ हजार, श्रीमतीले लगाएका सुनका मुन्द्रा, बाला, सिक्री र श्रीमतीको आइफोनसमेत लिएर फरार भएका थिए । भाग्दै हिँडेका उनलाई प्रहरीले मङ्गलबार काठमाडौँको बल्खुस्थित फलफूल बजारबाट पक्राउ गरेको थियो । परिसरमा आज पत्रकार सम्मेलनमार्फत अभियुक्त र बरामद सामग्री सार्वजनिक गर्दै प्रमुख सिंहले विवाह भएदेखि नै उनीहरु बीच मत नमिलेको पाइएको बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा सापकोटाले पारपाचुके गर्न पटकपटक दबाब दिँदै आएको पाइएको छ । उनीमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।

यस्तै अर्को हत्या घटनाको समेत अनुसन्धान सम्पन्न गरी प्रहरीले सार्वजनिक गरेको छ । प्राप्त विवरणअनुसार टोखा नगरपालिका बस्ने २२ वर्षका आशिष लिम्बूलाई पाइपले घाँटीमा थिची हत्या गरी फरार भएका रौतहटका अब्दुल आलम, भारत मोतिहारीका भूपेन्द्रकुमार शाह र मोटरसाइकल वर्कसप सञ्चालक मोहम्मद कासिम मञ्सुरीलाई पक्राउ गरिएको छ ।

हत्यापछि उनीहरुले शवलाई नजिकैको सडक छेउमा बाँसको झाङ्मा लगेर फ्याँकेका थिए । प्रहरी टोलीले उनीहरुलाई विभिन्न क्षेत्रबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुले मोहम्मद कासिम मञ्जुरीको मोटरसाइकल वर्कसपमा हत्या गरेको खुल्न आएको छ । घटनाको थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group