ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेश सरकारप्रति एमालेको समर्थन कायमै छ– प्रचार विभागका प्रमुख भट्टराई


एबीसी / संवाददाता
४ चैत्र २०७७, बुधबार   ८ : ००   बजे

काठमाडौ, ४ चैत । नेकपा (एमाले) का केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारप्रति आफ्नो पार्टीको समर्थन कायमै रहेको बताउनुभयो । ललितपुरमा बुधबारदेखि सुरू (खनाल–नेपाल समूह) को राष्ट्रिय कार्यकर्ता भेलाबारे ब्रिफिङ गर्न आयोजित पत्रकार सम्मेलनमा भट्टराईले कर्णाली प्रदेशमा अहिलेसम्म आफूहरूले सरकारको समर्थन फिर्ता नलिएको प्रस्ट पार्नुभएको हो । ‘कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादी सम्मिलित सरकार छ। र नेकपा माओवादीका नेता त्यहाँका मुख्य मन्त्री हुनुहुन्छ। नेकपा एमालेका साथीहरू पनि त्यो सरकारमा सामेल हुनुहुन्छ। त्यो सरकार प्रतिको समर्थन अहिलेसम्म कायम छ,’ उहाँले भन्नुभयो । बुधबार सुर्खेतमा केपी शर्मा ओली पक्षीय एमाले संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता महेन्द्र बहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

यो सँगै बैठकले एमालेको तर्फबाट सरकारमा गएका तीनजना मन्त्री प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढालाई पनि फिर्ता बोलाउने निर्णय गरेको थियो। उक्त दलको बैठकमा तीन जना मन्त्रीसहित झलनाथ खनाल(माधव नेपाल समूहका सांसद उपस्थित थिएनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group