ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मीनाको हत्या अभियोगमा परिवारका चार सदस्यलाई थुनामा राख्न आदेश – यस्तो छ घटनाको विवरण


एबीसी / संवाददाता
५ चैत्र २०७७, बिहिबार   २ : ५४   बजे

डोटी, ५ चैत्र । डोटीको दिपायल सिलगढी नगरपालिका २ पुनेपाटाकी २२ वर्षीया मीना ढोली हत्या अभियोगमा बिहीवार परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत डोटीले आदेश दिएको छ ।

हत्या अभियोगमा मृतक मीनाका श्रीमान्, ससुरासहित परिवारका चार सदस्यलाई पुर्पक्षका लागि थुनामा राखिएको हो । गएको फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुन सक्ने भन्दै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा जाहेरी दिएपछि घटनाको अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० कान्तिराज जोशीले जानकारी दिनुभयो ।

जोशीका अनुसार हत्यामा संलग्न भएको र हत्यामा सघाउ पुर्‍याएको आरोपमा मीनाका श्रीमान् प्रकाश दमाई, ससुरा प्रेम दमाई, सासु दुर्गा दमाई र दुर्गाको बहिनी रम्भा दमाईलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । हत्यापछि परिवारका सदस्यले घटना लुकाउने प्रयास गरेका कारण उनीहरु पनि दोषी देखिएको प्रहरीको भनाइ छ ।

यसरी भयो घटना

गएको फागुन ६ गते बिहान ८ बजे मीना घाँस काट्न गइन् । उनी दिउँसो २ बजे मात्रै घर फर्किइन् । ‘मैले यति ढिलो किन गरेको भनेर सोधेँ, उनी झर्केर बोल्न थालिन्’, प्रकाशले भने, ‘आमाबुबाले उनलाई सम्झाउन खोज्दा उल्टो उनीहरुलाई समेत गाली गर्न थालिन् ।’ परिवारका सदस्यबीच भनाभन भयो । साँझ खाना खाएपछि प्रकाशलगायत परिवारका अन्य सदस्य गफ गर्न थाले । मीना कोठामा सुत्न गइन् । केही बेरपछि प्रकाश कोठामा गए । दिउँसोकै कुरामा फेरि दुवैको विवाद सुरु भयो । प्रकाशले प्रहरी समक्ष बयानमा भने, ‘श्रीमतीले आमा छोएर गाली गरिन्, म आवेशमा आएँ, त्यसपछि कसरी घटना भयो थाहा भएन । जस्तै झगडा भए पनि आफ्नै श्रीमतीलाई मार्न त कसले चाहन्छ र ? तर के–के भयो थाहै भएन ।’

प्रहरीका अनुसार प्रकाशले पहिले घाँटी च्यापेर मीनाको हत्या गरे । त्यसपछि उनकै दुपट्टाले उनलाई झुण्ड्याए अनि ‘मीनाले पासो लगाइ’ भन्दै आमाबुबालाई खबर गरे । प्रकाशका बुबा प्रेमले हत्तनपत्त हँसियाले दुपट्टा काटे, उनलाई जिउँदै छ भन्ने आश थियो तर उनको पहिल्यै मृत्यु भइसकेको थियो । परिवारमा सल्लाह भयो, अब के गर्ने रु अनि मुटु दुखेको बहाना बन्यो । त्यही सूचना छिमेकलाई पनि गयो, मृतकका माइतीलाई पनि । पहिलेदेखिको खटपटका कारण माइती पक्ष यो बहाना मान्न तयार भएन । माइती पक्षले आफ्नी छोरीको हत्या भएको रिपोर्ट प्रहरी समक्ष बुझाएपछि अनुसन्धान गर्दै जाँदा घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group