ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–खनाल समूहको राष्ट्रिय भेला सम्पन्न : यस्ता छन् भेलाले पारित गरेका प्रस्ताव


एबीसी / संवाददाता
५ चैत्र २०७७, बिहिबार   ७ : ५३   बजे

काठमाडौं, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो । भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप अगाडी बढ्न नसकेको आरोप लगाएको छ ।

नेकपा एमालेको नेपाल समुहले जबजको कार्यदिशालाई बलियो रुपले कार्यान्वय गर्दै अगाडी बढ्ने निर्णय गरेको नेकपा(एमाले) का नेता योगेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो भेलाले नवौँ राष्ट्रिय महाधिवेशन, जुन २०७१ साल साउनमा सम्पन्न भएको थियो । त्यो नवौँ राष्ट्रिय महाधिवेशनले पास गरेको पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद त्यो जनताको बहुदलीय जनवादको मर्म, भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अगाडी बढ्ने जुन नवौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा हो , त्यो कार्यदिशालाई यो भेलाले फेरि एकपटक पुर्नपुष्टि गरेको छ । र हामीले के भनेका छौँ भने पार्टी अध्यक्ष कमरेड केपी ओलीले त्यो कार्यदिशालाई सहि ढंगले पक्रिन सक्नुभएको छैन । ३ वर्षको सरकार सञ्चालनको क्रममा ३ वटा नीति तथा कार्यक्रम जो संसदमा प्रस्तुत भए , बजेटहरु प्रस्तुत भए ति नीति, कार्यक्रम र बजेटले पार्टीको घोषणा पत्र र पार्टीको बहुदलीय जनवादको यो नीति जसले समाजवादी दिशामा अघि बढ्ने नीति लिएको छ । त्यो नीतिमा उहाँले राम्रो ढंगले काम गर्न सक्नुभएन त्यसैले यो भेलाले त्यो पार्टीको नवौँ महाधिवेशनको कार्यदिशालाई बलियो ढंगले समाउने र त्यसको कार्यान्वयनको निम्ति अगाडी बढ्ने ।’

सर्वोच्च अदालतले नेकपा(एमाले) ब्युताएको अवस्थामा माधव समुहले २०७५ साल जेठ २ गते कायम रहेका पार्टीका सम्पूर्ण कमिटीहरुलार्य सक्रिय बनाउने निर्णय पनि गरेको छ । अध्यक्ष ओलीले षडयन्त्र गरेको भन्दै नेता भट्टराईले अध्यक्ष ओलीले त्यसपछि बनाएको कुनैपनि पार्टी कमिटीलाई स्वीकार नगर्ने निर्णय गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट हाम्रो पार्टीको एकता भंग भइसकेपछि नेकपा(एमाले) पुरानो अवस्थामा फर्केको छ । र २०७५ साल जेठ २ गते सम्म कायम भएका सम्पूर्ण पार्टी कमिटीहरु, जनवर्गिय संगठनहरु, पेशागत संगठनहरु, पार्टीका केन्द्रीय विभाग, सम्पर्क मञ्च लगायत सम्पूर्ण ०७५ साल जेठ २ गतेका कमिटीहरुलाई सक्रिय बनाउने, र ति कमिटीलाई अगाडी बढाउने निष्कर्ष हामिले निकालेका छौँ । त्यसमा पार्टी अध्यक्ष केपी ओलीको समुहबाट त्यसमाथि षडयन्त्र हुँदैछ । हामी ति कमिटीहरुको बदलामा ०७५ साल जेठ २ गते कायम भएका कमिटीहरुको बदलामा बनाइएका अर्का कुनैपनि संरचनाहरुलाई हामी स्वीकार्दैनौँ ।’

भेलाले देशभरका पार्टी कमिटीलाई भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिएको छ । जनवर्गियहरुको राष्ट्रिय भेला आयोजना गर्ने तथा आगामी तिन महिना संगठन परिचालन गरिने पनि नेता भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘०७५ जेठ २ गतेको संरचनालाई क्रियाशिल बनाउँदै जनताको बहुदलीय जनवादको कार्यदिशालाई बलियोसँग कार्यान्वयन गर्दै अब हामी देशभरी पार्टीका भेला, बैठक, प्रशिक्षण, अभियानहरु सञ्चालन गर्छौँ । यो भेलाका सहभागीहरुलाई, देशभरका पार्टी कमिटीहरुलाई निर्देशन गरेको छ । र जनसंगठनहरुका राष्ट्रिय भेला देखि जिल्ला र प्रदेशका भेलाहरुपनि अब धमाधम आयोजना गरिनेछ र आगामी दुई, तिन महिना हामी व्यापक रुपमा संगठनको परिचालन, प्रशिक्षण, भेलाहरु र अहिले पार्टीभित्र उत्पन्न भएको परिस्थितिको बारेमा आम कार्यकर्तालाई बुझाउन यो अभियान हामी सञ्चालन गर्छौँ ।’

राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टीको पुर्नगठन अभियान शुरु भएको बताउनुभयो । ओलीले आफुहरुसँग सल्लाह नगर्ने एकलकाटे शैली लिएर पार्टी विभाजनमा उद्यत रहेको उहाँको भनाई छ । आफुहरु २०७५ जेठ २ गते कायम रहेको केन्द्रीय कमिटी बैठकमा जाने भएपनि ओलीले अवैधानिक रुपमा थपेर विस्तार गरिएको फागुन ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा नजाने पनि उहाँले स्पष्ट पार्नुभयो । ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता नलिए अन्र्तसंघर्ष जारी राख्ने उहाँको भनाई छ । आफुहरु पार्टी एकताको पक्षमा रहेकाले आफ्नो तर्फबाट पार्टी विभाजनको घोषणा नहुने पनि उहाँले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group