काठमाडौँ, १० चैत्र — महानगरीय ट्राफिक प्रहरी महाशाखाले पठाओ सेवा बन्द गर्नेबारे कुनै निर्णय नभएको जनाएको छ ।महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले पठाओलाई व्यवस्थित रुपमा सेवा दिन भनिएको भएपनि बन्द गर्नेबारे कुनै निर्णय नभएको प्रस्ट पार्नुभयो । ‘सबैतिरबाट पठाओ सेवा बन्द गर्ने निर्णय गरेको हो भन्दै सोध्ने गरिएको छ,’ उहाँले भन्नुभयो , ‘हामीले कुनै बन्द गर्ने निर्णय गरेका छैनौं,तर पठाओबारे गुनासा भने धेरै आएको हुँदा यसलाई व्यवस्थित रुपमा चलाउन जानकारी गराएका मात्र हौं ।’
प्रतिक्रिया दिनुहोस्