काठमाडौ, चैत ११ । भारतबाट धान बोकेर आएको ट्रकबाट भन्सार राजश्व छलेर ल्याइएको १ करोड भन्दा बढि मुल्यको कपडा बरामद भएको छ । वीरगन्जको सिर्सियास्थित एकीकृत भन्सार जाँच चौकी ९आइसीपी० बाट धानको भन्सार जाँचपास गराएर बाहिरिएको ट्रकबाट सशस्त्र प्रहरीले १ करोड ५ लाख रुपैया मुल्यको कपडा बरामद गरेको हो ।
तिरुपती खाद्य तथा भूसा सप्लायर्सको नाममा भन्सार जाँच पास भएको धान बोकेको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रक , आइसीपीबाट काठमाण्डौ जान लागेको बेला शंका लागेर सशस्त्र प्रहरीले जेकजाच गरेको थियो ।
चेकजाँचको क्रममा ट्रकमा दुई लेयर धानको बोरा राखेर तल सटिङ सुटिङ, कुर्थासुर्वाल, साडी लगायतका कपडा फेला परेपछि सशस्त्र प्रहरीले कपडा र धान सहितको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा ३ लाख रुपैयाको धानको भन्सार जाचपास गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्