ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकै फन्दामा देवर–भाउजु मृत फेला


एबीसी / संवाददाता
१२ चैत्र २०७७, बिहिबार   १२ : ०९   बजे

काठमाडौं, १२ चैत्र । देवर र भाउजुको लाश फेला पारिएको छ । घटनाको सत्यता बाहिर आउँद गाउँले नै चकित बनेका छन् । भारत, उत्तर प्रदेशको फतेहपुर जिल्लाको गाजीपुरमा डरलाग्दो दृश्य देखिएको हो । त्यहाँको लोम्हटा गाउँमा एकै फन्दामा देवर–भाउजु मृत फेला परेका हुन् ।

परिवारले लामो समयसम्म ढोका नखुलेपछि आफैं खोले, तब दुबै लाश साडीमा घुमटिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीका अनुसार लामो समयदेखि उनीहरुबीच देवर र भाउजुको सम्बन्ध नभई अरुथोक नै चलिरहेको थियो । उनीहरुबीच श्रीमान र श्रीमतीको जस्तो सम्बन्ध रहँदै आएको खुलेको छ ।तर यो बीचमा परिवारले उनीहरुलाई अलग गर्नका लागि देवर चाँहीको विवाहको बारेमा तयारी गर्न थालेका थिए । आफुहरु सम्बन्धमा रहेको कुरा कसैलाई भन्न नसकेका उनीहरुले तब उनीहरुले यस्तो कदम उठाएको खुलेको छ ।

बान्द्रा जिल्लाको बबेरु थाना क्षेत्र बडौली कावात्रा निवासी रासिपालकी छोरी २८ वर्षीया सुनिताको विवाह २०१६ मा ब्राह्मणतारा गाउँका हरिओम निषाद छोरा शिवबरनसँग भएको थियो । जेसीबी चालक हरिओम बान्द्रामा छन् ।

हरिओम कामका कारण प्रायः बान्द्रामा हुन्छन् । विवाह भएको केही दिन पछि सुनिता र २२ वर्षीय देवर राममिलन र सुनीताबीच नाजायज सम्बन्ध कायम भएको थियो । त्यसपछि तिनीहरूले एक अर्कालाई मनपराउन थालेको बताइएको छ । घरमा दाई नभएको मौकामा राममिलन र श्रीमान नभएको मौकामा सुनीता एक अर्काको इच्छा पुरा गर्दै आएका थिए भनिएको छ । यो कुरा परिवारका सदस्यहरूलाई पनि जानकारी भइसकेको थियो । अवस्था नियन्त्रण भन्दा बाहिर जाने लगभग पक्काजस्तै देखिएको थियो । हरिओमलाई जानकारी नदिएर परिवारका अन्य सदस्यहरुले रामामिलनको विवाह गर्दिने कुरामा विचार गर्न थालेका थिए ।

राममिलानको विवाह असोदर प्रहरी चौकी क्षेत्रको गाउँमा गर्ने कुरा पक्कापक्की भैसकेको थियो । त्यसबेलादेखि अलग हुने डरले देवर र भाउजु दुःखी हुन थालेका थिए । परिवारका सदस्यहरूले भने कि राममिलन मंगलबार राति बुबाको साथ आमन्त्रित गरेर फर्केका थिए ।

दिनभरीको काम सक्काएर सबै सुत्न गए । सुनिताका तीन वर्षीय छोरा हर्ष हजुरआमा बलियासँग सुतिरहेका थिए । सुनिता दोस्रो तीन महिनाकी छोरी क्रान्तिसँग कोठामा सुतिन् । सुनिता मंगलबार बिहान कोठाबाट बाहिर निस्किइनन् । कोठाबाट बालिका चिच्याईरहेको आवाज आयो र सुनीतासँगै राममिलनलाई पनि परिवारका सदस्यहरुले देख्न सकेनन् ।

त्यसपछि परिवारका सदस्यहरूले जसोतसो ढोका खोल्न सफल भएका हुन् । जब ढोका खोलियो तब जे देखियो त्यसले सबैलाई हैरान बनाएको हो । उनीहरु साडीको फेर फ्यानमा लगाएर लाशको रुपमा भेटिएका थिए ।

सुनिताको शरीर साडीको एक छेउमा थियो भने अर्को छेउमा रामामिलनको लाश थियो । सुनिताको अनुहार रामामिलानको छातीमा थियो । एउटा खुट्टा सुनिताको खाटमा फसेको थियो र अर्को खुट्टा खाटमुनि थियो । फोरेन्सिक टोलीले पनि अनुसन्धान गरेको छ ।

जाफरगंजका सीओ सञ्जय शर्मा र एसओ कमलेश पाल घटनास्थल पुगेका थिए । एएसपी राजेश कुमारले भने कि दुवै जनालाई चेतावनी दिइएको थियो । राममिलनका बुबा शिवबरनले प्रेम प्रसंगको कारण जीवन विसाउन गर्ने प्रयास भनेका छन् । यसमा कसैले कसैलाई पनि आरोप लगाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu