काठमाडौं, १२ चैत्र । त्रिदेशीय फुटबल प्रतियोगितअन्तर्गत बिहीवार नेपाल र किर्गिस्तानबीच भएको खेल बराबरीमा सकिएको छ । बराबरीसँगै दुवै टिमले एक–एक अङ्क बाँडेका छन् ।दशरथ रङ्गशालामा भएको खेलमा नेपालले उत्कृष्ट मौका बनाउँदा पनि गोल भने गर्न सकेन । किर्गिस्तानको टोली दश खेलाडीमा सीमित भए पनि नेपालले मौकाको फाइदा उठाउन सकेन ।
खेलको ६६ औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिभ कामोलिदिनले नेपाली खेलाडी अभिषेक रिजाललाई लडाएपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाउँदै उनलाई मैदानबाहिरको बाटो देखाएका थिए ।
अब आउँदो शनिवार नेपाल र बङ्गलादेशले खेल्नेछन्, त्यो खेलमा नेपालले बराबरी खेले पनि फाइनलमा पुग्नेछ । बङ्गलादेश भने यसअघिको खेलमा किर्गिस्तानलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्