ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सितल निवास पुगेका ओली र प्रचण्डसँग राष्ट्रपतिको कस्तो परामर्श ?


admin
५ पुस २०७४, बुधबार   ४ : ३७   बजे

काठमाडौं, ५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमती प्रयाशको साटो बखेडा झिेकर द्वन्द्ध चर्काउँदै सत्ता लम्ब्याउने र कानूनी जटिलता सिर्जना गर्ने बाटो लिएपछि राष्ट्रपति बिद्या भण्डारी आफैले सहमतीको लागि पहलकदमी लिनुभएको छ ।

राष्ट्रपतिले केही दिनअघि भएको भेटमा प्रधानमन्त्रीलाई सहमतिका लागि पहल लिन सुझाउनु भएको थियो । तर प्रधानमन्त्री सहमतिको साटो भिडन्ततिर हिडेपछि राष्ट्रपति भण्डारीले आज निर्वाचनमा जितेका बाम गठबन्धनका दुई नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर पछिल्लो राजनीतिक स्थितिबारे छलफल गर्नुभयो ।

राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न ओली र दाहाललाई बोलाउनु भएको हो । दलीय सहमतिले संसदमा प्रस्तुत विधेयक विपरितको राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश कामचलाउ सरकारले राष्ट्रपति समक्ष पेश गरेपछि उक्त अध्यादेशबारे राजनीतिक सहमति जुटाउन राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै आउनु भएको थियो ।

राष्ट्रियसभाको निर्वाचक मण्डल रहेको स्थानीय चुनावको नतिजा आएपछि सरकारले नतिजा हेरेर पहिले संसदमा प्रस्तुत विधेयक परिवर्तन गर्दै अध्यादेश पेश गरेको थियो । दलीय सहमतिका आधारमा निर्वाचन आयोगले बहुमतीय प्रक्रियाका आधारमा राष्ट्रियसभाको निर्वाचन गर्ने विधेयको मस्यौदा सरकारलाई दिएको थियो । सोही विधेयक संसदमा प्रस्तुत गरेपछि स्थानीय तहको निर्वाचन नतिजा आयो । निर्वाचन नतिजा आफ्नो पक्षमा नदेखेपछि सरकारले प्रस्तुत गरेको राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयकमा सत्तारुढ कांग्रेसले संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

संसद रहुन्जेल विधेयकलाई विवादको विषय बनाएर संसदको म्याद सकिएपछि सरकारले कांग्रेसको संशोधन प्रस्ताव अनुरुप अध्यादेश बनाई स्वीकृतिका लागि राष्ट्रपति समक्ष बुझाएको थियो । तर, दलीय सहमति पनि नभएको र दलीय पूर्व सहमति उल्ट्याएर कामचलाउ हैसियतमा रहेको सरकारले ल्याएको अध्यादेश विवादास्पद हुने देखेपछि राष्ट्रपति भण्डारीले त्यस विषयमा सहमति खोज्न प्रधानमन्त्री देउवालाई सुझाव दिंदै आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group