ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोकियोमा हिमालय इन्टरनेशनल एकेडेमी संचालनमा आउदै


इन्दिरा खनाल
१६ चैत्र २०७७, सोमबार   ३ : ४६   बजे

टोकियो, १६ चैत्र ।  जापानको राजधानी टोकियोको कोइवा शहरमा अप्रिलबाट नेपाली विद्यालय संचालनमा आउने भएको छ । नेपाली समुदायको आवश्यकतालाई मध्येनजर गर्दै हिमालय इन्टरनेशनल एकेडेमी संचालनमा ल्याउन लागेको विद्यालयले जनाएको छ । आईतबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरी नेपाली पाठ्यक्रम अनुसार पठन पाठन सुरु गर्न लागेको जानकारी दिएको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजन रिजालले विद्यालय संचालनका लागी आवश्यक सबै प्रकृया पूरा गरी पठन पाठन सुरु गर्न लागेको जानकारी दिनुभयो । उहाँले नेपाली पाठ्यक्रमा जापानी प्रविधीको उच्च प्रयोग गर्दै सवल र सक्षम नागरीक तयार गर्न संचालक समिती लागीपरेको बताउनुभयो । अध्यक्ष रिजालले विद्यार्थीहरुको सुरक्षा र सुन्दर भविष्यका लागी प्रतीवद्ध रहेकोले ढुक्क भएर बालबालीका भर्ना गर्न अभिभावकलाई आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानाध्यापक शिशीर गौडेलले गुणस्तरीय शिक्षाका लागी कुनै कसुर बाकी नराख्ने बताउनुभयो । उहाँले दक्ष र अनुभवी शिक्षकको माध्यममबाट बालमनोविज्ञानमा आधारीत रही पठनपाठन सुरु गर्ने जानकारी दिनुभयो । वालवालीकाको सर्वाङगीड विकासका लागी पाठ्यक्रम संगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिने बताउनुभयो ।

त्यसैगरी संचालक समितीका सदस्य रोशन केशीले विद्यालय संचालनका लागी नेपाल र जापान दुवै देशबाट स्विकृती लिनुपर्ने भएकोले सबै कानुनी प्रकृया पूरा गरी संचालन गर्न लागेको जानकारी दिनुभयो ।

तत्कालका लागी कक्षा नर्सरी देखि ४ सम्म संचालन गर्ने र कक्षा थप गर्दै एसईई सम्म पुर्याउने योजना रहेको बताईएको छ । १३ जना संचालक समिती रहेको विद्यालयमा १ जना विद्यार्थी बराबर मासिक शुल्क ४ मान (४० हजार ऐन) एकै परीवारको २ जना भए २५ प्रतिशत छुट र भर्ना शुल्क १ मान (१० हजार ऐन) तय गरेको समितीले जनाएको छ । भर्ना शुल्कमा पुस्तक र ड्रेस समेत समावेस गरेको बताएको छ ।

पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको प्रमुख आतिथ्यता सल्लाकार सुदिप अधिकारीको संचालनमा भएको कार्यक्रममा उपस्थित पत्रकारले जीज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu