ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी र नेता खनालबीच भेटवार्ता : यस्तो भयो कुराकानी


एबीसी / संवाददाता
२१ चैत्र २०७७, शनिबार   ६ : ३१   बजे

काठमाडौँ, २१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ । शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो ।

भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो । खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहनुभएका इतिहास संशोधन मण्डलका अध्याता एवं प्रबद्र्धकहरु दिनेश पन्त र महेस पन्तको घरमा पुग्नु भएको र सोही क्रममा आफ्नो घरमा समेत भेटन आउनु भएको खनालले बताउनुभयो । भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस भन्ने चाहना रहेको बताउनुभएको पनि पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले एकछिन भलाकुसारी ग¥यौं । विगतका कुराहरु पनि हामीले ग¥यौं । अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी ग¥यौं । उहाँले पार्टी आन्दोलन एकतावद्ध भएर जाओस, लोकतन्त्र राम्रो भएर जाओस, सुदृढ भएर जाओस, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरु व्यक्त गर्नुभयो ।’

भेटमा आफ्नो स्वस्थ्य प्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गर्नुभएको खनालले बताउनुभयो । तर आफूले आफ्नो स्वास्थ्य भन्दापनि पार्टी र कम्युनिष्ट आन्दोलनको बारेमा चिन्ता लागेको कुरा राखेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो आफ्नो व्यक्तिगत स्वास्थ्यको बारेमा मलाई चिन्ता होइन चिन्ता चाहिं पार्टीको बारेमा लागेको छ, कम्युनिष्ट आन्दोलनको स्वास्थ्यको बारेमा चिन्ता छ । अब यस्तो अहिले पार्टीमा कतिपय समस्याहरु उत्पन्न भइरहेको बेलामा यहाँ आउनुभएको छ ।

सबै पार्टीहरु बलिया भए, सुदृढ भए एकतावद्ध भए भने मात्रै लाकेतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनु भनेको हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु भनेको पार्टीहरु बलियो हुने कुरा हो । पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु । राष्ट्रपतिज्यूले पनि के भन्नुभयो भने तपाईले भनेजस्तो लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरु नै बलियो हुनुपर्छ । सबै पार्टीहरु बलिया हुन, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस र नेकपा एमाले पनि बलियो होस भन्ने नै मेरो चाहना रहेको हो । तपाईहरु अहिले पनि सकेसम्म मिलेर जानुहोस भन्ने सुझाव दिनुभयो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu