काठमाडौं, चैत्र २२ । दाङको सदरमुकाम घोराही प्रवेश गर्ने मुख्य सडक लमही-घोराही सडकखण्ड आजदेखि पाँच दिन बन्द गरिएको छ।जीर्ण सडक मर्मत सम्भारका लागि पाँच दिनसम्म बन्द भएको जिल्ला प्रशासन कार्यालय दाङले सूचना निकालेर जनाएको छ । सडकखण्डका विभिन्न मोडहरुमा कालोपत्र उप्किएपछि सडक खाडल र धुलाम्मे भएको छ ।तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । लमही-घोराही सडकखण्ड बन्द भएपछि तुलसीपुर-अमेलिया भएर गाडीहरु चल्नेछन् । पाँच दिनका लागि बन्द सडक २६ गते बेलुकादेखि खुल्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्