ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना संक्रमण भयावह , अन्तिम संस्कारका लागि घण्टौं लाइन


एबीसी / संवाददाता
२८ चैत्र २०७७, शनिबार   १० : ३२   बजे

 

एजेन्सी, नयाँ दिल्ली २८ चैत । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव देखिन थालेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारमा पनि समस्या देखिएको छ । उत्तर प्रदेश र मध्य प्रदेशका कयौं जिल्लामा शवको अन्तिम संस्कारका लागि घण्टौँ प्रतीक्षा गर्नु परिरहेको छ ।

खासगरी उत्तर प्रदेशको राजधानी लखनउ र मध्य प्रदेशको राजधानी भोपालमा दिनदिनै चिन्ताजनक अवस्था बढ्दो छ । भोपालका केही संगठनका अनुसार राजधानीमा ‘ग्यास त्रासदी’पछि पहिलो पटक यस्तो स्थिति देखिएको छ ।
पत्रकार समीरात्मज मिश्रका अनुसार उत्तर प्रदेशका जे परिदृश्य देखिएको छ, सरकारको दावी र तथ्याङ्कभन्दा निकै भिन्न छ । कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारका लागि उनीहरुको परिवारले टोकन लिएर घाटमा आठदेखि दश घण्टासम्म प्रतीक्षा गर्नु परिरहेको छ ।

 

 

दिनभर जलाइन्छ लाश

लखनउको बैकुण्ठ धाम विद्युत शवदाह गृहमा दैनिक करिब २५ शवको अन्तिम संस्कार भइरहेको छ । शवदाह गृहका एक कर्मचारी मुन्ना सिंहका अनुसार एउटा शवको अन्तिम संस्कारमा करिब ४५ मिनेट समय लाग्छ । उक्त शवदाह गृहमा दिनभर शवको अन्तिम संस्कार भइरहेको उनले बीबीसीलाई बताएका छन् ।

तर, सरकारी तथ्यांकअनुसार अप्रिल महिनामा लखनउमा दैनिक औसत पाँचदेखि आठजनाको मृत्यु भएको देखिन्छ । यद्यपि, बैकुण्ठ धाम शवदाह गृहमा कोभिड प्रोटोकलअनुसार दैनिक २० भन्दा बढी शवको अन्तिम संस्कार भइरहेको छ । यस अतिरिक्त केही अन्य घाटमा पनि शवको अन्तिम संस्कार हुने गर्दछ । तर कोभिड संक्रमणबाट मृत्यु भएकाको अन्तिम संस्कार भने बैकुण्ठ धाममै हुने गर्दछ ।

मुन्ना सिंह भन्छन्, ‘होलीपछि यो संख्या लगातार बढ्दै गएको छ, अधिकांश शव केजीएमयु अस्पतालबाट आइरहेको छ, जसको अन्तिम संस्कार बिहान तीनदेखि चार बजेसम्म गरिन्छ ।’

 

सरकारी तथ्याँक कति सही ?

बैकुण्ठ धाम घाटको बाहिर शवको लाइन लागेको छ । बैकुण्ठ धाम शवदाह गृह बाहिर पुगेका राजेन्द्र नायकका अनुसार एउटा एम्बुलेन्समा तीन वटासम्म शव ल्याइएको देखिन्छ । त्यहाँ घण्टौंसम्म एम्बुलेन्सको लाइन लाग्ने गरेको उनले बताए । मुख्य चिकित्सा अधिकारीको कार्यालयबाट जारी तथ्यांकअनुसार लखनउमा विगत तीन दिनमा कोरोनाबाट २० जनाको मृत्यु भएको छ । जबकि घाटमा कोरोना पोजेटिभबाट मृत्यु भएका ६० जनाको अन्तिम संस्कार गरिएको छ ।

लखनउको अपर नगर आयुक्त अमितकुमार भन्छन्, ‘हामीसँग दुईवटा घाटमा तीनवटा मेसिन छन्, गुल्लारा घाटमा एउटा मेसिन छ भने बैकुण्ठ धाममा दुई मेसिन छन् । संख्या बढेका कारण दुई–तीन घण्टा प्रतीक्षा गर्नुपर्ने अवस्था छ । बैकुण्ठ धाम नजिक भएका कारण धेरैजसो यही घाटमा आउने गर्दछन्, गुल्लारा घाटमा भिड धेरै छैन । धेरैबेर प्रतीक्षा गर्नु नपरोस् भनेर हामी कोशिस गरिरहेका छौं ।’

 

भोपालमा चिन्ताजनक अवस्था

पत्रकार शुरैह नियाजीका अनुसार मध्य प्रदेशको स्थिति बिग्रिँदै गएको छ । शवको अन्तिम संस्कारका लागि घण्टौँ प्रतीक्षा गर्नु परिरहेको छ । राजधानी भोपालको भदभदा विश्राम घाटमा बिहीबार कोरोनाका कारण मृत्यु भएका ३१ जनाको अन्तिम संस्कार गरिएको थियो । यो घाटमा अन्य कारणले मृत्यु भएकाहरुको शव पनि अन्त्येष्टिका लागि ल्याउने गरिन्छ ।

अन्तिम संस्कारका लागि २ घण्टासम्म प्रतीक्षा गर्नु परेको छ । भोपालमा अन्य घाटमा अन्तिम संस्कारका लागि कमै पठाउने गरिएको छ । भदभदा घाटका प्रबन्धक लाड सिंह सेनले जनाएअनुसार स्थिति लगातार बिग्रिँदै गइरहेको छ । स्थितिलाई थप बिग्रन नदिनका लागि एकै समय कयौं शव जलाउने गरिएको उनले बताए । निर्धारित स्थानभन्दा बाहेक अन्यत्र पनि अन्तिम संस्कार भइरहेको उनको भनाइ छ ।

 

व्यवस्थापनमा प्रश्न
भदभदा घाटमा बिहीबार भोपालका १३ कोभिड संक्रमितका अतिरिक्त आसपासका जिल्लाका १८ जनाको अन्तिम संस्कार गरिएको छ । सुभाषनगर विश्राम घाटमा पाँच संक्रमितको दाह संस्कार गरिएको छ । पाँच अन्य शवलाई झदा कब्रिस्थानमा अन्त्येष्टि गरिएको छ । यसरी बिहीबार कुल ४१ शवको अन्तिम संस्कार गरिएको छ । यसमा एक आठ महिनाको बालिका पनि सामेल छिन्, जसको मृत्यु कोरोना संक्रमणका कारण भएको थियो ।

बेवारिस शवको अन्तिम संस्कार गर्ने संस्था ‘जन संवेदना’ का राधेश्याम अग्रवाल पनि घाटको स्थिति भयावह बन्दै गएको बताउँछन् । उनका अनुसार घाटमा अन्तिम संस्कारका लागि अतिरिक्त ठाउँ बनाउनु परेको छ । उनले भने, ‘हामी जुन स्थितिबाट गुज्रिरहेका छौं, यसमा विद्युतीय शवदाह गृहको ठुलो आवश्यकता छ । तर तयार भइसकेको अवस्थामा पनि सरकारले यसलाई चलाउन सकेको छैन ।’

अग्रवालका अनुसार परिवारमा मृत्युपछि आर्थिक संकटका कारण अन्तिम संस्कार गर्न असमर्थ हुनेहरुको संख्या पनि बढ्दो छ । उनीहरुलाई आफ्नो संस्थाले मद्दत गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group