ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक संकटमा कान्ति बाल अस्पताल


admin
६ पुस २०७४, बिहिबार   ४ : ३७   बजे


काठमाडौं, ६ पुस । काठमाडौंको महाराजगंजस्थित कान्ति बाल अस्पताल चरम आर्थिक संकटमा परेपछि कर्मचारी लाई तलब खुवाउनै समस्या परेको छ । नेपालको केन्द्रिय बाल अस्पतालको रुपमा रहेको कान्ति बाल अस्पतालले अहिले मासिक ८ घाटा व्यहोर्दै आएको छ । जाडो मौसमा विरामीको चाप कम हुने भएकाले आम्दिानी कम हुने र कार्यरत ४ सय कर्मचारीको भार अस्पताल व्यवस्थापन एक्लैले बोक्नुपर्ने भएपछि समयमै तलब दिन समस्या परेको अस्पताल प्रशासनले जनाएको छ ।

डाक्टर, नर्स र अन्य गरी करिब ६ सय कर्मचारी रहेको अस्पतालमा मासिब तलब खुवाउनको लागि मात्रै ९० लाख देखि १ करोड लाग्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । ६ सय कर्मचारीमध्ये ४ सय जनालाई कान्ति अस्पतालको विकास समितिले नियुक्त गरेको हो भने साढे दुई सय कर्मचारी स्वास्थ्य मन्त्रालयले स्थायी नियुक्तिमा आएका हुन् । विकास समितिको नियुक्तिबाट आएका कर्मचारीले अस्पतालको आम्दानीबाट तलब पाउने गर्छन् भने स्वास्थ्य मन्त्रालयबाट नियुक्ति पाएका कर्मचारीलाई मन्त्रालयले नै तलब पठाउने गर्दछ । अस्पताल र स्वास्थ्य मन्त्रालयबीच आर्थिक वर्ष २०७४.७५ का लागि तीन करोड दिने सहमती भए पनि स्वास्थ्य मन्त्रालयले निकासा गर्ने भनेको रकम अहिलेसम्म पाएको छैन ।

नेपाली कांग्रेसका नेता गगन थापा स्वास्थ्य मन्त्री रहँदा अस्पतालमा ६५ जनाको चिकित्सक सहितका कर्मचारी पठाइएको थियो । मन्त्रालयले आर्थिक वर्ष २०७३.७४ का लागि बार्षिक एक करोड रकम समेत पठाएको थियो । तर मन्त्रालयले अहिले रकम निकासा नगरे पछि ती कर्मचारीको मासिक तलब पनि अस्पतालले नै व्यहोर्दै आएको छ । अस्पतालमा करारमा कार्यरत नर्सहरुले जागिर छाड्ने क्रम पनि उत्तिकै बढेको छ । अस्पतालले छ महिनासम्म काम गरेका कर्मचारीलाई जागिर छोड्दा विदा बापतको रकम भुक्तान गर्नुपर्ने हुन्छ । त्यसले अस्पताललाई थप आर्थिक भार परेको छ ।

स्टाफ नर्सहरुको राजीनामाले अस्पताललाई आर्थिक भार बढ्नुका साथै अस्पतालको सेवा प्रवाहमा समेत समस्या परेको छ । अपरेशन गर्नुपर्ने बिरामीहरुले उपचारका लागि एक बर्षसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu