ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइपिएलको चौथो खेलमा सर्वाधिक रन- २२१ : २१७, पञ्जाबसँग राजस्थान ४ रनले पराजित


एबीसी / संवाददाता
३१ चैत्र २०७७, मंगलबार   १० : १४   बजे

काठमाडौं ३१ चैत । आइपिएलको यस संस्करणको चौथो खेलमा गए रात िरनको वर्षा भएको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो ।पञ्जावले टस हारेर व्यटिंगको निम्तो पाएको थियो । उसले २२१ को विशाल स्कोर बनाएको थियो । जबाफमा राजस्थान रोयस्लका सन्जु साम्सनले इन्डियन प्रिमियर लिग (आईपीएल) को कप्तानी डेब्युमा कीर्तिमानी शतक प्रहार गरे पनि पञ्जाब किंग्ससँग पराजित हुन बाध्य हुनु पर्यो ।

१४औं संस्करणमा कप्तानी गरिरहेका सामसनले ११९ रन बनाएका थिए । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

जितका लागि राजस्थानलाई अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा सामसनले ठूलो सट प्रहार गर्दा क्याचआउट भए । त्यसअघिको बलमा उनले क्रिस मोरिस दोडिसकेको अवस्थामा समेत एक रन लिएका थिएनन् ।

मुम्बईस्थित वाङखडे स्टेडियममा पञ्जाबले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनायो । सन्जु सामसनले ६३ बल खेल्दै १२ चौका र ७ छक्का सहयोगमा ११९ रन बनाए । जोस बटलर र रियान परागले बराबर २५ र शिभव दुवेले २३ रन जोडेका थिए ।

पञ्जाबका लागि अर्शदीप सिंहले ३ र मोहम्द शामीले २ विकेट लिए । यस्तै पहिलो पटक आईपीएल खेलिरहेका झ्ये रिचर्डसन र रिले मेरेडिथले १, १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान के एल राहुल र दीपक हुडाको आक्रामक व्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

विकेटकिपर समेत रहेका राहुलले ५० बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९१ रन बनाएका थिए । हुडाले २८ बल खेल्दै ४ चौका र ६ छक्का मद्दतमा ६४ रन बनाए ।

यस्तै क्रिस गेलले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४० रन बनाए ।

बलिङमा राजस्थानका डेब्युटान्ट चेतन शाकारियाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै क्रिस मोरिसले २ र रियान परागले १ विकेट लिए ।शकारिया र पराग पहिलो पटक खेलेका नयां खेलाडी हुन् । दुवैले पहिलो खेलमा नै १, १ विकेट लिएका थिए । यस सिजनको आइपिलका सर्वाधिक महंगा खेलाडी क्रिस मोरिस राजस्थान रोयल्सको टिममा छन् । उनको मूल्य १६.२२ करोड भारु रहेको छ । उनलाई मनी व्याग समेत भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group