ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि


एबीसी / संवाददाता
४ बैशाख २०७८, शनिबार   १० : ३३   बजे

चितवन, ४ वैशाख : कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई दोस्रो डोज दिन लागिएको हो । सो चरणमा खोप लगाउनेको सङ्ख्या १४ हजार रहेको छ । यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने यस चरणमा खोप लगाइने छैन ।
जिल्लामा २७ हजारलाई दोस्रो चरणमा खोप लगाइएको कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । दोस्रो चरणका लागि समय नपुगेको र खोप आइनसकेकाले केही समयपछि दोस्रो डोज खोप लगाईने छ । उहाँका अनुसार पहिलो चरणमा पाँच वटा केन्द्रमार्फत खोप लगाइएको भए पनि दोस्रो चरणमा भने केन्द्र विस्तार गरिएको छ । जिल्लाका ठूला अस्पताल र मेडिकल कलेजमा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सोही अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।
तिवारीका अनुसार जिल्लाका सातवटै पालिकामा रहेकालाई खोप लगाउन सम्बन्धित पालिकामा नै खोप केन्द्र रहने छन् । बाँकीका लागि स्वास्थ्य कार्यालय चितवनमा रहेको संस्थागत क्लिनिकमा खोप केन्द्रको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “लामो समय पालो कुर्न नपर्ने गरी व्यवस्था मिलाएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सम्बन्धित

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu