ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 करदाता शिक्षा बढाउन सडक नाटक


एबीसी / संवाददाता
४ बैशाख २०७८, शनिबार   १ : ५२   बजे
 काठमाडौँ, ४ वैशाख
काठमाडौँ महानगरपालिकाले करदाता शिक्षा बढाउन सडक नाटक शुरु गरेको छ । कामपा राजश्व विभाग र सुर्पेटो मिडियासँगको सहकार्यमा ‘आनासुकी घरबेटी बा’ शीर्षकमा सडक नाटक प्रदर्शन शुरु गरेको हो ।
विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार कर तिर्नु नागरिक दायित्व हो भनेर करदातालाई सचेत गराउन पहिलो चरणमा महानगरका १० स्थान सडक नाटक प्रदर्शन गर्न लागिएको हो ।  शुरुआतमा हनुमानढोका, कालभैरव पछाडिको डबली, कालीमाटी, कलङ्की, चावहिल, गौशाला, नयाँबानेश्वरलगायत विभिन्न १० स्थानमा नाटक प्रदर्शन हुनेछ ।
विभागले कोरोना महामारीको समयमा दबाब दिएरभन्दा दायित्व बोध गराएर राजश्व असुली गर्नका लागि यस किसिमको अभियान शुरु गरिएको जनाएको छ । नाटक करीब २० मिनेटको हुनेछ । घरधनीलाई बहाल नतिरी भाग्ने भाडावाललाई खोजेर भाडा असुल्न हिँडेको घरधनी आफूले कामपालाई कर नतिरेका कारण आफैँ कानूनको परिबन्दमा परेको कथा नाटकमा देखाइएको छ । कर केही समय छल्न सकिन्छ तर कुनै न कुनै दिन कानूनको फन्दामा परिन्छ । कानूनी कारवाहीमा पर्ने त्यो समय आउनुअघि थोरै थोरै कर तिर्दै गए सम्मानजनक जीवन बाँच्न सकिने नाटकले देखाउन खोजेको सन्देश हो ।
कृष्णजीत राईले लेख्नुभएको नाटक रीता थापाले निर्देशन गर्नुभएको छ । नाटकमा सुरज विष्ट लोभी घरबेटी बा, जीवन थापा असल छिमेकी, मञ्जु गिरी वडा कार्यालयको कर्मचारी, कञ्चन सापकोटाले भाडावालको भूमिकामा अभिनय गर्नुभएको छ ।
कामपाले चालु आर्थिक वर्षमा व्यवसाय करमा २० र होटेल, मनोरञ्जनसँगै पर्यटनसँग सम्बन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको छ । भाडावाललाई कोभिडका समयमा एक महिनाको बहाल छुट दिने घरधनीलाई महानगरले बहाल करमा पनि छुट दिएको छ । कामपाले गत असोज १ देखि १० वटा वडाबाट राजश्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमा समेत लगेको छ ।
आर्थिक प्रणालीलाई पारदर्शी बनाएपछि स्थानीयवासीले महानगरको सुशासनमा विश्वास बढ्ने भन्दै अहिले कामपाले ३२ वटै वडामा अनलाइनको माध्यमबाट कर असुली गरिरहेको छ । यस प्रणालीले करदाताको अभिलेखीकरण र राजश्व प्रक्षेपण योजनामा ठूलो सघाउ पुग्ने विश्वास कामपाको रहेको छ  । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group