ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 दुईवटा खानेपानी ट्याङ्कीको शिलान्यास


एबीसी / संवाददाता
४ बैशाख २०७८, शनिबार   २ : ४८   बजे
 भक्तपुर, ४ वैशाख :
सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित महतगाउँको पैयाचौरमा दुईवटा खानेपानी ट्याङ्कीको निर्माण शुरु भएको छ । जिल्ला समन्वय समिति, भक्तपुर र सूर्यविनयक नगरपालिकाको रु ५३ लाख ३३ हजार ३३३ को संयुक्त लगानी एक लाख २५ हजार र ३० हजार लिटर क्षमता रहेको बन्देश्वरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका दुईवटा खानेपानी ट्याङ्की निर्माणको आज शिलान्यास गरिएको छ ।
पानी ट्याङ्कीको नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज एकै दिन दुईवटा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा सांसद बस्नेतले सूर्यविनायक क्षेत्रमा तीन तहका सरकारको सहकार्य र समन्वयमा विकास निर्माणले तीव्र गति लिएको चर्चा गर्दै अब प्रत्येकको घरघरमा खानेपानी पु¥याउने लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो । दिव्येश्वरी, त्रिवेणी, नंखेललगायत खानेपानी आयोजना एकीकृत गरी प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सांसद बस्नेतले थप बजेटको व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जनप्रतिनिधि आएपछि सूर्यविनायकको मुहार फेरिएको चर्चा गर्नुभयो । वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले केही वर्ष अगाडिसम्म विकट रहेका ठाउँहरु अहिले विकासका गतिविधिसँगै सुगम बन्दै गएको बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu