ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 वैशाखभित्रै रेल चल्ने


एबीसी / संवाददाता
४ बैशाख २०७८, शनिबार   ५ : १९   बजे
महोत्तरी, ४ वैशाख:
जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने जनाइएको छ ।
पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन तथा रेल सञ्चालनको तयारीबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आज महोत्तरीको बर्दिवासस्थित प्रस्तावित रेल्वे स्टेशन क्षेत्रको अवलोकन निरीक्षण गर्नुभयो । सो अवसरमा रेल विभागका महानिर्देशक प्रमिला बज्राचार्य, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराई र अन्य अधिकारीका साथ निरीक्षणपछि मन्त्री नेम्वाङले जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा वैशाखभित्रै रेल सेवा सञ्चालन गर्न सकिने बताउनुभएको हो ।
“जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल लिक निर्माण कम्पनीले हाम्रो जिम्मा लगाइसकेको छ, रेल सेट पनि गत असोजमै ल्याइसकिएको छ”, मन्त्री नेम्वाङले बर्दिबासमा सञ्चारकर्मीसँग भन्नुभयो, “अब जनशक्ति व्यवस्थापनको अन्तिम चाँजो मिलाइँदैछ, जारी वैशाख महिनाभित्रै प्रथम खण्डमा रेल चल्छ ।”
जयनगर–बर्दिवास रेल्वे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये कुर्थादेखि जयनगरसम्मको लिक निर्माण गत वर्ष नै सम्पन्न भए पनि रेलसेट नहुँदा सेवा सञ्चालन हुन सकेको थिएन । अब रेल सञ्चालनका लागि भारतबाट दक्ष जनशक्तिको व्यवस्थापनको टुङ्गो लागेको हुँदा प्रथम खण्डको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा रेल सञ्चालनको करीब सबै तयारी पूरा भएको मन्त्री नेम्वाङको भनाइ छ ।
जयनगर–बर्दिवास रेल्वेको जम्मा ६९ किलोमिटर दूरीमध्ये प्रथम खण्ड जयनगरबाट कुर्थासम्म ३४ किमी, कुर्थाबाट महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित बिजलपुरा स्टेशनसम्म १७ किमी दोस्रो खण्ड र बिजलपुराबाट महोत्तरीकै बर्दिबाससम्म १८ किमी दूरीलाई तेस्रो खण्ड भनिएको छ । अहिले प्रथम खण्ड तयार भएर सेवा सञ्चालनको तयारी गरिएको र दोस्रो खण्डको काम एक महिनाभित्रै सम्पन्न हुने हुँदा सो खण्डमा पनि यसै आर्थिक वर्षभित्रै (असार मसान्तभित्रै)  रेल सेवा सञ्चालनमा आइसक्ने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group