ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित


एबीसी / संवाददाता
४ बैशाख २०७८, शनिबार   ५ : ४७   बजे

भारत, ४ वैशाख । कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गर्दै नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १३६ रन बनायो । एक सय ३७ रनको विजयी लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अद्र्धशतकीय पारी खेल्नुभयो । उहाँले ४६ बलमा पाँच छक्का र पाँच चौकाको मद्दतमा ६२ रनको योगदान दिनुभयो । यस्तै आशिफ शेखले अविजित ५४ रन बनाउनुभयो । उहाँले ३८ बल खेल्ने क्रममा चार छक्का र चार चौका प्रहार गर्नुभयो । कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन बनाउनुभयो ।

बलिङतर्फ नेदरल्याण्ड्सका जुलियन डे मेइले एक विकेट लिनुभयो । यसअघि नेदरल्याण्डस्का लागि बासडी लीडेले सर्वाधिक ४१ रन बनाउनुभएको थियो । यस्तै स्कट इड्रवासले ३०, कप्तान पिटर सिलारले अविजित २२, एनोनियस स्टालले अविजित २० तथा म्याक्स ओदाउदले १० रन बनाउनुभएको थियो । नेदरल्यान्ड्ले तेस्रो ओभरमा १२ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो ।

सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई पेभेलियन फर्काउनुभएको थियो । नेदरल्यान्ड्सको दोस्रो विकेट सोमपाल कामीले लिनुभएको थियो । उहाँले बेन कोपरलाई बिना कुनै रन पेभेलियन फर्काउनुभएको थियो । खेलको १४औँ ओभरको पाँचाँै बलमा नेदरल्यान्ड्सका इड्वार्डलाई साहब आलमले मैदान बाहिर पठाउनुभयो । खेलको १७औँ ओभरमा नेदरल्यान्ड्सका बास डे लिडे पेभेलियन फर्किनुभयो ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र साहब आलमले एक–एक विकेट लिनुभयो । लामिछानेले चार ओभर बलिङ गर्दै २२ रन खर्चिनुभयो । यस्तै कामीले चार ओभरमा मात्र १३ रन खर्चिनुभयो । करण केसीले चार ओभरमा २२ रन खर्चिनुभयो भने अभिनाष बोहराले चार ओभरमा २५ रन खर्चिए पनि विकेट लिन सक्नुभएन ।

डेब्यूमै कुशलको अर्धशतक

नेपाली युवा खेलाडी कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको डेब्यू खेलमै अर्धशतक बनाउनुभएको छ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरूद्ध खेल्दै भुर्तेलले ३० बलको सामना गर्दै पाँच छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक पूरा गर्नुभएको हो । चौबीस वर्षीय भुर्तेललाई आजको खेलमै डेब्यू गर्नुभएका आशिफ शेखले राम्रो साथ दिनुभएको थियो ।

शेख दाजुभाइले राष्ट्रिय टोलीबाट एकसाथ खेले

नेदरल्याण्डस्विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आरिफ शेख र आसिफ शेखले नेपालको राष्ट्रिय टोलीबाट एकसाथ खेल्नुभएको छ । दुवै जना दाजुभाइ हुनुहुन्छ । एकदिवसीय प्रतियोगितामा भने दुवै जनाले यसअघि पनि एकसाथ खेल्नुभएको थियो । आरिफ दाजु तथा आरिफ भाइ हुनुहुन्छ ।

आसिफले आजको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नुभएको हो । टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट दाजुभाइले एकसाथ खेलेको यो पहिलोपटक हो । २३ वर्षीय आरिफले सन् २०१४ देखि राष्ट्रिय टोलीबाट खेल्दै आउनुभएको छ । उमेर समूहमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएका २० वर्षीय आसिफले राष्ट्रिय टोलीमा स्थान बनाउन लामो समय कुर्नुपरेको थियो । दुवै जना पर्साको वीरगञ्ज निवासी हुनुहुन्छ । आजको खेलमा आशिफले अविजित ५४ रन बनाउनुभयो । उहाँले ३८ बल खेल्ने क्रममा चार छक्का र चार चौका प्रहार गर्नुभयो ।

नेपालले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारीलाई घरेलु मैदानमा उतारेको थियो । चोटका कारण कप्तान पारस खड्का भने मैदान बाहिर रहनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu