काठमाडौं, ५ बैशाख । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेरबन्दी गर्न खोजेको बताउनुभयो । नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा संसदलाई घेराबन्दी गर्न खोजिएको र सभामुखले आफ्नो पक्षमा भूमिका खेलोस् भन्ने चाहेको बताउनुभयो । कार्यक्रममा सभामुख सापकोटाले भन्नुभयो , ‘सभामुख तटस्थ होइन, आफ्नो पक्षमा होस् भन्ने चाहेका छन् । तर म कसैको दबावमा काम गर्दिनँ ।’ अमेरिकाको मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता झण्डै दुई वर्षदेखि रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखको निरन्तर आलोचना गर्दै आउनुभएको छ । शनिबार सर्वदलीय बैठकमा पनि सभामुखको आलोचना गर्दै उहाँले एमसीसीलाई संसदको विजनेस बनाउन दलहरुको सहमति खोज्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्