ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की


एबीसी / संवाददाता
६ बैशाख २०७८, सोमबार   ६ : ५०   बजे

ताप्लेजुङ, ६ वैशाख, :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई स्थिरता र विकासको दिशामा अघि बढाउन कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । दुई तिहाइ नजिकको कम्युनिष्ट सरकारले मुलुक र जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै उहाँले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताउनुभयो । आइतबार कांग्रेस ताप्लेजुङले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले अहिलेको सरकार इतिहासकै भ्रष्ट र नालायक भएको आरोपसमेत लगाउनुभयो । पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमले संविधान र लोकतन्त्र नै धरापमा पर्न सक्ने खतरा रहेको र त्यसतर्फ कांग्रेसको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

देशलाई सङ्कटबाट जोगाउन यतिबेला कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको स्पष्ट पार्दै उहाँले सम्भव भए आफ्नै नेतृत्वमा सरकार निर्माण गरेर वा ताजा जनादेशमा गएर स्थिरता कायम गर्न पार्टी अग्रसर भएको बताउनुभयो । कांग्रेसका निम्ति अहिले नै सरकार निर्माण गर्ने कुरा महत्वको विषयमा नपरे पनि मुलुक र जनताको हितका लागि भने परिस्थिति निर्माण गर्न सकिने उहाँको भनाइ थियो । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu