ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले केन्द्रीय समिति बैठक आज बस्दै, माधव पक्ष सहभागी नहुने


एबीसी / संवाददाता
६ बैशाख २०७८, सोमबार   ८ : ३८   बजे

काठमाडौं, ६ बैशाख । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको हो ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष ओलीको साङ्गठानिक प्रतिवेदन पेस गर्ने र कर्णाली प्रदेशमा भएको घटना र फ्लोर क्रस गर्ने सांसदमाथिको कारबाहीका बारेमा छलफल हुने एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा केही जिल्लाहरुमा नेताको कार्यविभाजन हेरफेर तथा जिम्मेवारी तोकिनेबारेमा पनि छलफल हुने सचेतक भट्टराईले बताउनुभयो । बैठकमा खनाल–नेपाल समूह भने नजाने भएको छ । महाधिवेशन आयोजक कमिटी गठनमा असन्तुष्टि जनाउँदै आएको खनाल–नेपाल समूहले बैठकमा नजाने बताएको हो ।

नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले हिजो एक अपिल जारी गरेर आज बोलाएको बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा लिखित निवेदन दर्ता गराएको छ ।

नेपाल पक्षीका नेता डाक्टर बेदुराम भुसाल र राजेन्द्र पाण्डेले हिजो निर्वाचन आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारबाही प्रकृया अघि बढाउन लिखित निवेदन दिनुभएको हो ।

फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले ब्युँतिएपछि फागुन २८ र चैत ७ मा अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको सबै निर्णय बदर गरी आफूहरूलाई आधिकारिकता दिन माग गर्दै आयोग गएको नेपाल पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group