ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाहरु ब्यावसायिक तरकारी खेतीतर्फ आर्कषित (भिडियोसहित)


भुवन रायमाझी
६ बैशाख २०७८, सोमबार   १० : २०   बजे

पाल्पा, ६ बैशाख । पाल्पा रैनादेवी छहरा गाउँ पालिका ४ अमलाबासका महिलाहरु ब्यावसायीक तरकारी खेतिबाट मनग्य आम्दानी गरिरहेका छन् । उनीहरुको बारी अहिले काउली सिमि र आलुका बोटले ढाकेको छ । बिहान देखी साँझसम्म घरयासी कामसगै ब्यावसायीक तरकारी खेती बाट बार्षिक एक डेढ लाख रुपैया कमाउन गाह्रो नभएको महिलाहरु बताउछन ।

महिलाहरु बारी उत्पादन भएको तरकारी आफैले डोकोमा राखेर बेच्न लाने गर्छन् । उनीहरुलाई यो सफलता पाउन गाउँमा गठन भएको महिला समुहले सिकाएको हो । आजभोली महिलाहरु तरकारी खेती बाट राम्रो आम्दानी गर्न सफल हुनुका साथै तरकारी पेसाबाट नै आत्मनिर्भर बन्दै जानुका साथै घरयासी तरकारी बजारसम्म लान थालेको सुन्तलाबास गाउकी सरसती पोखरेलको भनाई छ ।

पाल्पाको पश्चिम भेग रैनादेवी छहरा गाउँपालिकाभित्रका मुझुङ सोमादी छहरा र भुवनपोखरी लगायतका वडाहरुबाट नै लाखौ रुपैयाको तरकारी बजार जाने गरेको छ । महिलाहरुले गाउँमै समुह गठन गरि थोरै थोरै बचत गर्ने बानिको बिकास गरि सोही समुहबाट ऋण लिएर ब्यावसायीक तरकारी खेती र फलफुलबाट आम्दानी गरेका छन ।

आफुहरु यो पेसामा आबद्ध भए देखि सानोतिनो काममा श्रीमानसंग पैसा माग्न नपरेको सोही गाउकी साबित्रा कँडेलको भनाई छ । महिला किसानहरु कम लगानी सजीलो र सरल तरीकाबाट साझ बिहानको मिहनेतले मात्र तरकारी खेती गर्न सकिने भएकोले यो खेतीतिर आर्कषित भएका हेन । पाल्पाको रिब्दीकोटको मैनादी,फेक रैनादेवी छहराको मुझुङ सोमादी सल्लेधारा मगाल लगाएतका स्थानमा ब्यावसायकि तरकारी खेति गर्ने किसान बढेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu