काठमाडौं, ६ वैशाख । मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नुभएको हो । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । यसअघि राष्ट्रपति भण्डारीले गत फागुन २३ गते संसद् अधिवेशन आह्वान गर्नुभएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते संसद् विघटन गरेकोमा सर्वोच्च अदालतले फागुन ११ गते त्यसलाई पुनस्स्थापना गरिदिएको थियो ।
प्रतिक्रिया दिनुहोस्