ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 ब्राजिलमा एकै दिन १ हजार ६५७ जनाको कोभिड १९ सङ्क्रमणबाट निधन


एबीसी / संवाददाता
६ बैशाख २०७८, सोमबार   २ : ०४   बजे

६ वैशाख :ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजार ६५७ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको बताइएको हो ।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख ७३ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ४२ हजार ९८० जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

पछि यहाँ कूल सङ्क्रमितको संख्या यहाँका १ करोड ३९ लाख ४३ हजार भन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको प्रकोप देखिएपछि यहाँका नागरिकमा सङ्क्रमण हुने र मृत्युको दर पनि बढिरहेको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो सङ्क्रमण हुने गरेको छ । त्यस्तै यहाँका सङ्क्रमितहरुमा पनि पहिले भन्दा धेरै नागरिकको ज्यान जाने गरेको पनि बताइएको छ ।

ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सङ्क्रमणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको छ । यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब पूरैजसो आइसियु र आकस्मिक कक्षहरु भरिएका पाइएको छ ।

यो वर्षको शुरुआतसँगै यहाँका नागरिकले कोरोनाको दोस्रो वेभको सङ्क्रमणको सामना गर्नु परिरहेको छ । यो वेभले यहाँको स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न गरिरहेको अधिकारीहरुले जनाएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group