काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णालीमा माधवकुमार नेपालले बेइमानी गरेको बताउनुभएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी १०औं महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले कर्णालीमा माधव नेपालले बेइमानी गरेको बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताउनुभयो । कर्णाली प्रदेशमा नेपालपक्षका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । यस्तै, बैठकमा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध कुप्रचार गरेको पनि बताउनुभएको बैठकमा सहभागि सदस्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्