ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेदभाव र लाञ्छनाले कुष्ठरोग रोकथाममा चुनौती


एबीसी / संवाददाता
६ बैशाख २०७८, सोमबार   ५ : २२   बजे
राँझा, ६ वैशाख:
 सामाजिक भेदभाव र लाञ्छनाका कारण बाँकेमा कुष्ठरोगको रोकथाम प्रभावकारी हुन सकेको छैन । रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय आइएनएफलगायतका सरोकारवाला निकायले पहल गर्दै आए पनि बिरामी प्रत्येक वर्ष थपिँदै आएको स्वास्थ्य कार्यालयका अधिकृत एवं क्षय कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिनुभयो ।
“कुष्ठरोगप्रतिको धारण गाउँ समाजमा परिवर्तन हुन सकेको छैन, बिरामीलाई गरिने लाञ्छना र भेदभावले कुष्ठरोगको स्थिति ज्यूँका त्यूँ छ”, नेपालीले भन्नुभयो, “औषधि सेवन गरे निको भइहाल्ने भए पनि भेदभाव र लाञ्छनाले बिरामी नखुल्ने र गाउँघरमा प्रभावकारी उपचार नहुने हुँदा कुष्ठरोग बढ्दै गएको छ ।”
उहाँका अनुसार बिरामीसँग सामान्य लसपसबाट यो रोग सर्दैन । यो रोग लागेका बिरामीलाई पूर्वजन्मको पाप तथा देवीदेवताको श्राप हो भनेर छुवाछूत गर्ने मानसिकता अझै हट्न नसकेका कारण रोकथाममा चुनौती थपिएको छ ।
बाँकेमा गत आर्थिक वर्षमा १३३ कुष्ठरोगका बिरामी थिए भने यस आर्थिक वर्षको पुस मसान्तसम्म ५३ बिरामी पहिचान भई विभिन्न अस्पतालबाट उपचार लिइरहेका छन् । गत आर्थिक वर्षमा पहिचान भएका १३३ कुष्ठरोगीमध्ये २९ महिला र ४२ पुरुष जटिल अवस्थाका र ३४ महिला तथा २८ पुरुष सामान्य अवस्थामा रहेका थिए ।
जटिल अवस्थामा रहेका रोगीलाई कम्तीमा १२ देखि २४ महीना नियमितरुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ भने सामान्य अवस्थाका रोगीले कम्तीमा छ महीना सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालयका अधिकृत एवं क्षय कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म पहिचान भएका ५३ कुष्ठरोगीमध्ये नौ महिला र १९ पुरुष जटिल अवस्थाका तथा १२ महिला र १३ पुरुष सामान्य अवस्थामा रहेका छन् । बाँकेको जानकी गाउँपालिकामा यस वर्ष सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा १४ कुष्ठरोगी फेला परेका छन् । यसैगरी जानकी गाउँपालिकामा १०, नरैनापुर गाउँपालिकामा सात, खजुरा गाउँपालिकामा छ, कोहलपुर नगरपालिकामा पाँच, बैजनाथ गाउँपालिकामा पाँच, डुडुवा गाउँपालिकामा पाँच र राप्तीसोनारी गाउँपालिकामा एक कुष्ठरोगी फेला परेका हुन् ।
स्वास्थ्य संस्थामा जाँच गर्न आएका व्यक्ति, उनीहरुको सम्पर्कमा रहेका घरपरिवारका व्यक्तिको जाँच र आइएनएफले सञ्चालन गरेको साइनिङ अस्पतालमा उपचारका लागि आएका बिरामीबाट कुष्ठरोगीको पहिचान गरिँदै आएको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहले बताउनुभयो ।
उहाँले स्वास्थ्यचौकीसम्म पुग्न नसकेका, लुकीछिपी बसेका जिल्लाका कुष्ठरोगीलाई पु¥याउन सरोकारवाला निकायसँगको समन्वयमा कार्यक्रम निरन्तररुपमा सञ्चालन भइरहेको बताउनुभयो । बाँकेमा विभिन्न ठाउँबाट स्थानान्तरण भएर आउने, नियमित उपचार लिन नआउने, रोगबारे जानकारी नराख्ने, रोग लुकाउन खोज्नेजस्ता कारणले कुष्ठरोगका बिरामी बढ्दै गएको शाहको भनाइ छ ।
प्रमुख शाहका अनुसार सरोकारवालासँगको समन्वयकारी कार्यक्रमबाट समुदायमा अज्ञानतावश लुकीछिपी रहेका बिरामी पत्ता लगाउन मद्दत पुग्ने, जनचेतना अभिवृद्धि हुने, सक्रिय खोजपड्ताल विधिबाट बिरामीको पहिचान गरी समयमा उपचार गराएर अङ्गभङ्ग हुनबाट जोगाउन सकिन्छ ।
कुष्ठरोगका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको आइएनएफ बाँकेका प्रबन्धक श्याम विकले भेदभावका कुरा अहिले पनि समाजमा विद्यमान रहेका कारण कुष्ठरोगीले रोग लुकाउने र समयमै उपचार नपाउने अवस्था रहेको बताउनुभयो ।
“कयौँ व्यक्तिले औषधि सेवन गरेर रोग निको भए पनि घर परिवार तथा समाजबाट लाञ्छना र भेदभाव हुने डरले परिवारसँग जानकारी नगराउने अवस्था पनि रहेको छ”, उहाँले भन्नुभयो, “पहिलेको भन्दा परिवर्तन भएको छ, अझ धेरै परिवर्तन हुन बाँकी रहेको छ ।”
उहाँका अनुसार कुष्ठरोग बिरामीको श्वासप्रश्वासबाट सर्ने एउटा सरुवा रोग हो । रोगीले लामो समयसम्म उपचार नगराएमा शरीर अङ्गभङ्ग हुने सम्भावना हुने गर्दछ । कुष्ठरोगीको उपचार सरकारले निःशुल्क गरेको छ । कुष्ठरोग लागेमा शरीरमा हातखुट्टा झमझम हुने, शरीरको कुनै भागमा छुँदा थाहा नहुने, लाटोफुस्रो दाग देखापर्नु, हातखुट्टामा नदुख्ने घाउ देखापर्ने हुन्छ रासस) ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group