ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वनक्षेत्रको जग्गा दर्ता गराउन राजनीतिक दौडधूप


एबीसी / संवाददाता
६ बैशाख २०७८, सोमबार   ५ : ४७   बजे
महोत्तरी, ६ वैशाख :
अव्यवस्थित बसोबास व्यवस्थित गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले काम थालेलगत्तै जिल्लामा वन क्षेत्र अतिक्रमण गर्नेले जग्गा दर्ता गराउन राजनीतिक दौडधुप शुरु गरेका छन् । जिल्लाको बर्दिवास नगरपालिका–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वनक्षेत्रको जग्गा कब्जा गर्नेले अहिले सो जग्गा आफ्ना नाउँमा दर्ता गराउन राजनीतिक दौडधूप सघन बनाएका वनक्षेत्र नजिकका बासिन्दाको भनाइ छ ।
सरकारले गठन गरेको जिल्लास्तरीय आयोगले जिल्लाका बर्दिबास र गौशाला नगरपालिकासँग सम्झौता गरेर अव्यवस्थित बसोबासका घरवासीलाई जग्गाधनी प्रमाणपूर्जा दिने प्रक्रिया थालेको छ । आयोगले काम अघि बढाएसँगै नेवारडाँडा कामीडाँडा सामुदायिक वनक्षेत्रको सो¥हबिघे भनिने प्लटमा अतिक्रमण गर्नेले आफ्ना नाउँमा जग्गा दर्ता गराउन दौडधूप बढाएका यहाँका सामाजिक कार्यकर्ताले टिप्पणी गरेका हुन् ।
“ऐलानी पर्ती जग्गामा घर बनाएर बसेका गरीब निमुखालाई जग्गाधनी प्रमाणपूर्जा दिनु त ठिकै हो”, बर्दिबास–१ का सामाजसेवी शङ्कर फुयाँल भन्नुहुन्छ, “यहाँ त देखादेखि वन मासेर जग्गा कब्जा गर्ने पुर्जा लिने लाममा देखिन्छन् ।” वनको जग्गा गरीब, निमुखा र घरवारविहीनले नभई माफियाको कब्जामा रहेको उहाँको भनाइ छ । वनको सो¥हबिघे भनिने प्लटमा पूर्वप्रशासक, उच्च ओहदाका अधिकारी, धन्नासेठ व्यापारी, जग्गा दलाल र राजनीतिक पहुँच पुगेकाकै चलखेल रहेको उहाँले जानकारी दिनुभयो ।
भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिले घरवासीलाई जग्गाधनी प्रमाणपुर्जा दिने प्रक्रियाअनुसार बर्दिबास–३ र ४ मा लगत सङ्कलन, स्थलगत प्रमाणीकरण सम्पन्न गरेर जग्गा नाप जाँचको काम थालेको छ । यस क्रममा वन अतिक्रमण गरेर साँध सीमा लगाएकाले पहुँचकै आधारमा जग्गा दर्ता गर्न दौडधूप बढाएका हुन् । दुई दशकअघि तत्कालीन वन मन्त्रालयले अतिक्रमण हटाएर वृक्षरोपण गराएकै क्षेत्रमा पछिल्लो एकदशकभित्र अतिक्रमण बढेको यहाँका सर्वसाधारण बताउँछन् ।
भूमाफियाले गरीबगुरुवालाई झुक्याएर जग्गा नाउँमा गराइदिने लालच देखाउँदै बेचेर रकमसमेत हात पारेका कैयाँै उदाहरण भेटिएको बर्दिबास–१ कै बासिन्दा कानून व्यवसायी टीकाध्वज खड्का बताउनुहुन्छ ।
वन विभागले प्रत्येक तीन÷तीन वर्षमा वनक्षेत्रको नक्साङ्कन गर्दै आएको छ । पछिल्लो पटक २०७६ सालमा बर्दिवास–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वन क्षेत्रको जम्मा ५८ दशमलव ३ हेक्टर (५८.३ हेक्टर) क्षेत्रफलमध्ये त्यतिखेर पाँच हेक्टर क्षेत्रफल अतिक्रमित भएको पुष्टि भएको थियो  । अहिले अतिक्रमित क्षेत्र ह्वात्तै बढेको र हतारहतार हकभोग देखाउन घर बनाउनेको सङ्ख्या पनि निकै बढेको समाजसेवी फुँयाल बताउनुहुन्छ । यसअघि तीन वर्षअघिको नक्साङ्कनमा वन रहेमध्ये पछिल्लो पटकको नक्साङ्कनमा पाँच हेक्टर क्षेत्रफल नयाँ अतिक्रमण भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
वनक्षेत्र उजाडिने क्रममा राजनीतिक संरक्षण हुनाले अतिक्रमण गर्नेको हाकडाक निकै हुने गरेको नेवारडाँडा कामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी बताउँछन् । पछिल्लो पटक २०७६ को प्रारम्भमै भएको पछिल्लो नक्साङ्न गरिएयता जग्गा कज्याउनेहरुले ‘अब तिम्रो खैरियत छैन’भन्दै धम्क्याउने गरेका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी आफ्नो नाउँ बताउन हिच्किच्याउँदै बताउँछन् । “अतिक्रमित क्षेत्रको बढ्ता खोजीनीतिमा लाग्यौभने ठिक हुने छैन” आपूmलाई यसरी धम्की आउने गरेको नाउँ बताउन नचाहने समितिका पदाधिकारीको भनाइ छ ।
यसैबीच डिभिजन वनकार्यालयले अतिक्रमित वनक्षेत्रको अतिक्रमण हटाउन स्थानीयतह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिँदै आइएको जनाएको छ । करीब तीन दशकअघिसम्म जिल्लामा २४ हजार हेक्टर वनक्षेत्र रहे पनि त्यसयता लगातार अतिक्रमण बढ्दै जाँदा अब अहिले वनक्षेत्र १६ हजार हेक्टरको सेरोफेरोमा झरेको छ ।
सामुदायिक वनक्षेत्रको जग्गा अतिक्रमण हुँदा मन कुँडिए पनि बर्दिवासका सर्वसाधारण कव्जा गर्नेको राजनीतिक हैसियत र सामाजिक रवाफले मुख खोल्न भने सकेका छैनन् । “खै हजुर, हामीजस्ता गरीबको भए पो डोजर चल्थे त…!” सो वनक्षेत्र नजिकै सानो झुप्रोमा जिन्दगी गुजारी रहेका एक ६० वर्ष कटेका वृद्धले भन्नुभयो, “यहाँ त ठूलाबडाको जो कुरा छ ।” बर्दिवासमा अब सामुदायिक वनक्षेत्रको अतिक्रमण हटाउन स्थानीय तह, प्रादेशिक र सङ्घीय सरकारसहित सम्बद्ध निकायले पहलकदमी बढाउन पर्ने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरिने नाउँमा वनको जग्गा हिनामिना गर्न नहुने माग बढ्दै गएको छ ।
यसैबीच जिल्लामा अव्यवस्थित बसोबास व्यवस्थित गर्ने र भूमिहीनलाई जग्गा प्रमाणपुर्जा दिने दायित्व पाएको भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिले सबै काम कानून र आपूmलाई प्राप्त कार्यादेशका आधारमा हुने स्पष्ट पारेको छ । “हाम्रा सबै काम पारदर्शी हुन्छन्, छड्के बाटो हिँडेर लालपुर्जा पाउँछौँ भन्ने कसैले नसोचे हुन्छ”, आयोगका जिल्ला अध्यक्ष राजेन्द्र साह भन्नुभयो, “हामीलाई कानून र कार्यादेशले निर्देशित गर्छ, हामी त्यसैलाई टेकेर काम गर्छौ ।” आयोगको मुख्य ध्येय घरवारविहीनलाई जग्गा उपलब्ध गराउनु र अव्यवस्थितरुपमा वर्षौंदेखि बस्दै आएका घरबासीलाई व्यवस्थित गर्दै प्रमाण पुर्जा दिनु रहेको साहको भनाइ छ । ऐलानी, पर्ती जग्गा प्रमाणपुर्जा वितरणको मुख्य स्रोत रहेको उहाँले जानकारी दिनुभयो ।
आयोगकै विज्ञ सदस्य अधिवक्ता कृष्णप्रसाद बरालले १० वर्षभन्दा बढी समयदेखि घरबार बनाएर बसोबास गरेका प्रमाण पुग्नेलाई भने नक्सामा वनक्षेत्रकै जग्गा देखिए पनि स्थानीयतहको सिफारिस, ठहर र अन्य प्रमाणका आधारमा जग्गा दर्ता गर्न सकिने प्रावधान रहेको बताउनुभयो । अहिले भूमाफिया यही कुरोलाई आधार बनाएर आफ्नो हकभोग १० वर्ष पहिलेदेखिको देखाउन दौडधूपमा लागेका बर्दिबासका सर्वसाधारण बताउँछन् । वनक्षेत्र उजाडिनबाट बचाउन सबैको पहलकदमी आवश्यक भएको बर्दिबास–१४ का बासिन्दा नेपाली कांग्रेसका महासमिति सदस्य चिरिञ्जीवी हमालको भनाइ छ ।(रासस)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group