ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न


एबीसी / संवाददाता
६ बैशाख २०७८, सोमबार   ६ : ००   बजे
काठमाडौँ, ६ वैशाख:
 छ वर्षअघिको गोरखा भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ ।
जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राणा शासनकालमा निर्माण भएको विद्यालय भवन भत्किएर पुनःनिर्माण हुँदा दुई शताब्दीलाई जोड्ने काम भएको बताउनुभयो । विकास र समृद्धिको सपनालाई पूरा गर्न यस्ता शैक्षिक केन्द्रले सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सामुदायिक र संस्थागत दुवै शैक्षिक संस्थाको केन्द्रका रुपमा महानगरपालिका स्थापित भएको बताउनुभयो । आकर्षकरुपमा पुनःनिर्माण भएको विद्यालय भवनमा शैक्षिक गुणस्तर पनि त्यसैअनुरुप हुनुपर्ने उहाँको भनाइ थियो ।
सो अवसरमा जाइकाका नेपाल प्रमुख आशाकुमा युनिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमान महर्जन र प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले विद्यालयको गुणस्तर सुधार गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभएको थियो । विसं १९८१ मा स्थापना भएको विद्यालयको भवन दुई वर्षपछि १९८३ सालमा निर्माण भएको जानकारी सो अवसरमा गराइएको थियो । यो भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो ।
जापान सरकारको रु १६ करोड ऋण सहयोगमा पुनःनिर्माण भएको विद्यालयमा २७ कक्षाकोठा छन् । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, कम्प्युटर कक्ष, अध्यापक एवं प्रधानाध्यापक कक्ष, प्रशासन कार्यालय, महिला र पुरुषका लागि अलगअलग शौचालय जस्ता संरचनासमेत निर्माण भएको छ । अशक्त र कर्मचारीका लागि विद्यालयमा छुट्टै कक्षको समेत व्यवस्था गरिएको छ ।
विद्यालयमा हाल ४२४ छात्र र ४०९ छात्रा गरी कूल ८३३ विद्यार्थी अध्ययनरत छन् । घडी राख्ने टावर, फर्निचर, विद्युत्, पानी वितरण, सोलार ब्याक अप, खेल मैदान, पैदलमार्ग, पर्खाल, मूलढोका, पम्प सेट र सुरक्षाकर्मी कक्षसमेत निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक बज्राचार्यले सुनाउनुभयो ।
जाइकाको आकस्मिक विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत भूकम्प अतिप्रभावित छ जिल्लामा विद्यालय पुनःनिर्माण भइरहेको छ । योजनाअन्तर्गत २७४ विद्यालय पुनःनिर्माण हुनुपर्नेमा हालसम्म २१८ विद्यालय पुनःनिर्माण सम्पन्न भएको सो अवसरमा जानकारी गराइएको थियो ।
उक्त योजनाअन्तर्गत भूकम्प अतिप्रभावित ललितपुर, गोरखा, नुवाकोट, धादिङ, रसुवा र मकवानपुरमा विद्यालय पुनःनिर्माण भइरहेको जनाइएको छ । छ जिल्लामा ५३ प्याकेजमा काम भइरहेको बताइएको छ । यसका लागि जापान सरकारले रु एक अर्ब ५२ करोड ऋण सहयोग गरेको जनाइएको छ । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group