काठमाडौँ, ७ बैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल०मा चेन्नई सुपर किङ्ग्स दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको हो । यो चेन्नईको दोस्रो जित हो । जितसँगै चेन्नईले ३ खेलमा ४ अङ्क बनाएको छ ।
मुम्बईमा भएको खेलमा चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि फाप डु प्लेसिसले सबैभन्दा धेरै ३३ रन बनाए । यस्तै अम्बाती रायडुले २७ रन जोड्दा मोइन अलीले २६ रन बनाए । ड्वेन ब्राभो २० रनमा अविजित रहे ।
प्रतिक्रिया दिनुहोस्