ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय


एबीसी / संवाददाता
७ बैशाख २०७८, मंगलबार   २ : २८   बजे

काठमाडौं, ७ बैशाख । नेकपा एमालेले माधव नेपाल पक्षका २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यसहित ३२ जना नेताहरूलाई तीन दिने स्पष्टीकरण सोधेको छ । पार्टीको नेतृत्वविरुद्ध लागेको र नीति उल्लङ्घन गर्दै नयाँ दल गठन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ जना सङ्घीय सांसद र पाँच जना नेतालाई तीन दिने स्पष्टीकरण सोध्नुभएको हो ।

स्पष्टीकरणपत्रमा पार्टीको विधानमा उल्लेख भएअनुसार ३२ जना नेताहरूले नयाँ दल गठन गरेको मानिएकाले तपाईँहरूलाई सांसद पद र पार्टी सदस्यबाटै किन नहटाउने ? भनेर प्रश्न गरिएको छ ।

सूर्य चिह्नको दुरुपयोग गरेको, पार्टीलाई बदनाम गराएको, अर्को पार्टी खोलेको र मूल पार्टीले दिएका लिखित र मौखिक निर्देशन नमानेको आरोप पनि स्पष्टीकरण पत्रमा उल्लेख छ । पार्टीविरुद्धका गतिविधि कायमै रहेमा जुनसुकै बेला थप कारबाही हुन सक्नेतर्फ सचेत गराउँदै सच्चिएर पार्टीमा फर्कन मौका दिएर स्पष्टीकरण सोधिएको पत्रमा लेखिएको छ ।

एमालेमै फर्कने प्रतिबद्धतासहितको स–प्रमाण जवाफ पेस भएमा कारबाहीको बारेमा पार्टीले विचार गर्न सक्ने अन्यथा जुनसुकै बेला कठोर कारबाही हुन सक्ने एमालेले चेतावनी दिएको छ ।

सङ्घीय सांसदहरू माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधिएको छ ।

यस्तै कर्णाली प्रदेशका प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा,कुर्मराज शाही, अम्बरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group