काठमाडौ, ७ वैशाख । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अपदस्थ गर्नु वा नयाँ सरकार निर्माण गर्नु भनेको सरकार फेर्नुबाहेक अरु उपलब्धि नभएको बताउनुभएको छ । मंगलबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिदै प्रवक्ता श्रेष्ठले सरकारको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे प्रश्नमा सो बताउनुभएको हो । उहाँले देशमा लामो संघर्षपछि प्राप्त व्यवस्था एवम् उपलब्धिको प्रतिनिधित्व वर्तमान ओली सरकारले गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्