ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली आफैं पार्टी विभाजनको पक्षमा हुनुहुन्छः नेतृ झाँक्री


एबीसी / संवाददाता
७ बैशाख २०७८, मंगलबार   ६ : ००   बजे

काठमाडौं, ७ बैशाख । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरण दिने भएको छ । मंगलबार बसेको नेपाल पक्षीय सांसदहरुको अनौपचारिक बैठकले नेताहरुले व्यक्तिगत रुपमा स्पष्टिकरण सोधेकाले सबै नेताले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निष्कर्ष निकालेको हो । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेकाले स्पष्टीकरण दिने जानकारी दिनुभयो । उहाले पार्टी विभाजनको पक्षमा पार्टी अध्यक्ष ओली एक वर्षअघिदेखि नै रहेको आरोप समेत लगाउनुभयो ।

उहाँले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा मनोमानी गरिरहेको भन्दै आफूहरु एमालेको विधान र पद्धति बसाउन संघर्ष गरिरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ,‘पार्टी विभाजनको पक्षमा ओली आफैं हुनुहुन्छ । जबजको सिरानी हालेर त्यही सिद्धान्त विरूद्ध खडा हुनुहुन्छ । सबै अधिकार आफूमा राखेर हिँड्नु खोज्नु भएको छ । त्यही सिलसिला अन्तर्गत अहिले २७ जनालाई स्पष्टीकरण सोध्नुभएको हो । पार्टीभित्र संघर्ष पनि जारी राख्छौँ । पार्टी र सिद्धान्तका लागि लड्छौं । भुईँमा लडेपनि धुलो टकटक्याएर लड्छौँ ।’ अध्यक्ष ओलीले मंगलबार माधव पक्षका संघका २७ र प्रदेशका ५ गरी ३२ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण माग्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu