ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल नेदरल्यान्ड्ससँग पराजित


एबीसी / संवाददाता
७ बैशाख २०७८, मंगलबार   ७ : ४५   बजे

काठमाडौ, ७ वैशाख ।   घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको हो ।

नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सात विकेट गुमाएर पूरा ग¥यो । नेदरल्यान्ड्सको जितका लागि बास डी लिड र बेन कुपर नायक बने । बास डी लिडले ४२ बलमा सात चौका र पाँच छक्कासहित ८१ रनका साथ अविजित रहँदै टोलीलाई सानदार जित दिलाए । त्यस्तै बेन कुपरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३५ बलमा १० चौका प्रहार गरे ।

नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले ३१ रनको योगदान दिए । उनले १५ बलमा एक चौका र तीन छक्का प्रहार गरे । त्यस्तै म्याक्स ओ डाउडले नौ रन जोड्दै आउट भए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने करण कसी, अभिनास बोहरा र कुशल मल्लले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै २०६ रन जोडेको थियो । नेपालका लागि कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दुवैले ७८ रनको साझेदारी गरे । ओपनर कुशलले ४६ बलमा आठ चौका र एक छक्काको मद्दतमा ६२ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रले ६० रनको योगदान दिए । उनले ३० बलमा तीन चौका र पाँच छक्का प्रहार गरे ।

त्यसैगरी सोमपाल कामीले २१ रन जोेड्दा कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ तथा विनोद भण्डारीले ७ रन जोडे । नेदरल्यान्ड्सका लागि पिटर सिलार र विविअन किङ्गमाले समान दुई÷दुई विकेट लिए । त्यस्तै बास दे लीड, आर्यन दत्तले एक/एक विकेट लिए । जितसँगै नेदरल्यान्ड्सले नेपालसँग पहिलो खेलमा ब्यहोरेको हारको बदलासमेत लिएको छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group