काठमाडौं, ८ बैशाख । दाङका एक कोरोना संक्रमणबाट पत्रकार दामोदर अधिकारीको गएराति निधन भएको छ । अधिकारीलाई चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा भर्ना भएर उपचार गराउँदा स्वास्थ्यमा थप समस्या देखिएपछि ४/५ दिन अघि उनलाई काठमाडौं ल्याइएको थियो । काठमाडौंको करुणा अस्पतालमा उपचारका क्रममा गएराति उनको निधन भएको हो । अधिकारीले दाङबाट प्रकाशित पत्रिका गोरक्ष दैनिकमा काम गरेका थिए ।
यसअघि दाङकै एक स्वास्थ्यकर्मीको पनि संक्रमणका कारण सोमबार निधन भएको थियो । २० वर्षीय अनिसा ओलीको उपचारका लागि अस्पताल चहार्दा चहार्दै निधन भएको थियो । अनिसा आफै स्वास्थ्यकर्मी पनि थिइन् । गत सालको महामारीमा कोरोना संक्रमितको उपचारमा लागेकी ओली अहिले आफै उपचार नपाएर ज्यान गुमाउन पुगिन् ।
प्रतिक्रिया दिनुहोस्