ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा धानको बीउको मूल्य निर्धारण


एबीसी / संवाददाता
८ बैशाख २०७८, बुधबार   १० : ३७   बजे

टीकापुर, ८ वैशाख :
कैलालीमा धानको बीउको मूल्य निर्धारण गरिएको छ । बर्खे धानखेती गर्न किसानका लागि उन्नत तथा गुणस्तरीय धानको बीउको मूल्य निर्धारण गरिएको छ ।

यस वर्ष उन्नत जातको मोटा धानको बीउ प्रतिकिलो रु ६० र मसिनो रु ६५ कायम गरिएको बीजवृद्धि कृषक सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले बताउनुभयो । “किसानलाई खेती गर्दा मूल्यमा एकरूपता होस् र ठगिनबाट जोगिउन् भनी हामीले यस वर्ष मूल्य निर्धारण गरेका छौँ”, प्रबन्धक रावतले भन्नुभयो, “मूल्य समयमै तोकिएमा किसानले बजारमा गुणस्तरहीन धानको बीउ खरिद गर्नु पर्दैन । गुणस्तरीय धानको बीउ प्रयोग गरेमा उत्पादन पनि बढी लिन सकिन्छ ।”

राष्ट्रिय बीउ उत्पादक सङ्घ कैलाली र कञ्चनपुरको गत चैत २१ गते बसेको बैठकले दुवै जिल्लामा लागू हुने गरी धानको बीउको मूल्य निर्धारण गरेको हो । उत्पादन क्षेत्रमा लागेका र क्रियाशील बीउ उत्पादक सहकारीलाई मान्य हुने गरी सङ्घले उन्नत बीउसँगै प्रमाणित मोटा धानको बीउ प्रतिकिलो रु ६८ र मसिनो रु ७० निर्धारण गरेको छ । यस्तै मूल बीउ मोटा प्रतिकिलो रु ७० र मसिनो रु ७५ निर्धारण गरेको छ । यसरी निर्धारण गरिएको मूल्य सबैलाई मान्य हुने गरी निर्धारण गरिएको मूल्य कार्यान्वयन गरिरहेको धनसिंहपुर सहकारी संस्थाका प्रबन्धक मुना घर्तीमगरले बताउनुभयो । “मूल्य निर्धारण हुँदा एकरूपता मात्र होइन, किसानलाई सजिलो पनि हुन्छ । किसानले सहकारी तथा सहकारीले वितरण गरेका स्थानबाट खरिद गर्न पाउँछन्”, प्रबन्धक घर्तीमगरले भन्नुभयो, “गुणस्तरीय तथा उन्नत बीउको प्रयोगले उत्पादन बढ्ने भएकाले किसान नयाँ उन्मोचित उन्नत बीउको प्रयोग गर्न थालेका छन् ।”

किसानले प्रयोग गर्ने धानको बीउको जात एकै भए पनि कृषक सहकारी र कम्पनीअनुसार फरक रहने भएकाले किसान ठगीमा नपरुन् भनेर यसरी मूल्य निर्धारण गरिएको बताइन्छ । यसरी निर्धारण गरिएको धानको बीउको मूल्य गत वर्षभन्दा केही महङ्गो छ । गत वर्षभन्दा यस वर्ष धानको बीउ प्रतिकिलो रु पाँचका दरले बढेको छ । यस वर्ष सरकारले निर्धारण गरेको मूल्यभन्दा बीउ उत्पादक सहकारी र कम्पनीले १५ प्रतिशत बढी मूल्य तिरेर किसानबाट धान खरिद गरेकाले केही महङ्गो भएको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताउनुभयो । “हामीले धानको बीउ खरिद गर्दा नै महङ्गोमा खरिद गरेका थियौँ । हामीले सरकारले तोकेको मूल्यमा १५ प्रतिशत बढी रकममा किसानबाट खरिद ग¥यौँ”, उहाँ भन्नुहुन्छ, “त्यसलाई हेर्दा अहिले बीउको मूल्य खासै महङ्गो होइन ।”

कैलाली र कञ्चनपुरमा गरी अहिले ३५ वटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी छन् । तीमध्ये कैलालीको टीकापुर नगरपालिका र जानकी गाँउपालिकामा गरी ११ वटा बीउ उत्पादक सहकारी र कम्पनी छन् । टीकापुर जानकीमा अहिले एक हजार २४७ मेट्रिक टन धानको बीउ मौज्दात रहेको र अहिले ग्रेडिङ कार्य भइरहेको छ । “यतिखेर धानको बीउ ग्रेडिङ कार्य चलिरहेको छ । अबको केही दिनमा बीउ बिक्री शुरु हुन्छ”, चौधरीले भन्नुभयो, “यहाँको बीउ नेपालका धेरैजसो जिल्लामा जान्छ । हामीले बीउमा कैलाली जिल्लालाई आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँ ।”

कैलाली जिल्लाको टीकापुर र जानकीमा रहेका बीउ उत्पादक सहकारीलाई यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले समेत सघाउँदै आएको छ । सिँचाइ आयोजनाले बीउ उत्पादन, कृषि औजार, सहकारीका भवन निर्माणजस्ता कार्यमा अनुदान र सहयोग गर्दै आएको छ ।(रासस)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group