काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा काँग्रेस पदाधिकारी बैठक बसिरहेको हो । बैठकमा १४ औं महाधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बसेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअगाडी चैत २६ गते देउवा निवास बुढानिलकण्ठमा शीर्ष ३ दलको बैठक सम्पन्न भएको थियो । करिब आधा घण्टा देउवा निवास बुढानिलकण्ठमा चलेको उक्त बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेता सहभागी थिए। तर बैठक विना निष्कर्ष समापन भएको थियो । बैशाख ६ गते नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसमा काठमाडौंको बाल्मिकी क्याम्पस परिसरमा आयोजना भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आफूले प्रधानमन्त्रीलाई कुर्सीबाट हटाउन सक्ने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्