काठमाडौँ, ८ बैशाख । सिनामंगलको सूर्य ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थलबाट पुगेका १२२ जनालाई फर्काइएको छ। विभिन्न देशमा जानका लागि सूर्याल्याबबाट पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएका हुन् । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजनाथ बास्तोलाका अनुसार हिजो सूर्या ल्याबमा छापामा मारेर नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई फिर्ता पठाईएको हो ।
मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन चलाएर प्रयोगशालाका ६ कर्मचारीलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्