ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ तालिबान लडाकू मारिए


एबीसी / संवाददाता
८ बैशाख २०७८, बुधबार   ४ : ३५   बजे

काबुल
८ वैशाख :अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ ।

कारबाहीमा अरु पाँच जना तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाई छ ।

मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीन वटा मोटरसाइकल सहित ठूलो संख्यामा हातहतियार बरामद भएको जनाएको छ ।

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ ।(सिन्ह्वा)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

वाग्मतीमा सरकार परिवर्तनको बहस तीव्र, सत्ता हस्तान्तरणका लागि मुख्यमन्त्रीलाई एमाले–नेकपाको आग्रह

सम्बन्धित

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

५० ड्रोनको स्वार्म प्रणाली बनाउँदै भारत, भविष्यको युद्धका लागि स्वदेशी सैन्य प्रविधिमा ठूलो फड्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu