ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली–नेपाल वार्ता सकियो, दुवै नेता प्रफुल्ल हुनुहुन्थ्यो – दुगड


एबीसी / संवाददाता
८ बैशाख २०७८, बुधबार   ८ : ०७   बजे

काठमाडौं, ८ बैशाख । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । करीव डेढ घण्टा लामो वार्तापछि प्रसन्न मुद्रामा नेपाल बाहिरिएका थिए । वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । नेता नेपालले भने कुनै प्रतिक्रिया दिनुभएन । दुगड वार्तास्थलमै रहनुभएको थियो ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दुई नेताबीच भेट भएको थिएन । विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापनादेखि एकीकृत नेकपा भंग हुँदै एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि अध्यक्ष ओली र नेता नेपालबीच सम्बन्ध सुमधुर हुन सकेको थिएन ।

नेपालसहित उहाँको समूहका २७ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेपछि एमालेको दुवै पक्षमाथि मिल्न दबाब परेको थियो ।

दुई नेताबीच भेट तय भएपछि साँझ नेता नेपाल मेरियट पुग्नुभएको थियो । त्यसको सात मिनेटपछि प्रधानमन्त्री पनि पुग्नुभयो । सुरुवाती भेटमा अर्थमन्त्री विष्णु पौडेल पनि सँगै हुनुहुन्थ्यो । अर्कै कार्यक्रमका लागि मेरियटमा रहनुभएका पौडेल भेट सुरु भएलगत्तै बाहिरिनुभयो ।

साँझ करिब ६ बजेदेखि दुई शीर्ष नेताबीच मेरियट होटलको कोठा नम्बर ९०१ मा भेट भएको हो । दुवै नेताबीच भेट भएको केही मिनेटसम्म बोलचाल सुरु भएन । केहीबेरमा प्रधानमन्त्री आफैंले माधव नेपालतिर हेर्दै ‘कस्तो छ तपाईंलाई’ भनेर संवाद सुरु गर्नुभएको थियो ।

तत्कालिन नेकपा रहँदा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाएको घोषणा गरेपछि दुई नेताबीच तित्तता बढेको थियो । पछि सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग अलग दलकोरुपमा पुनर्स्थापना गरिदिएपछि पनि अध्यक्ष ओली र नेपालबीच सम्बन्ध सुमधुर रहेन ।

नेपालको समानान्तर गतिविधि र अध्यक्ष ओलीको स्पष्टीकरणपछि एमाले दुई टुक्रा हुने आशंका बढिरहेकाबेला भएको शीर्ष वार्तालाई चासोका साथ हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group